दयाराज न्यौपाने
पाल्पा । पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा रहेको काउले डाँडा पछिल्लो समय पर्यटकको आकर्षण सहित वनभोज स्थल बन्दै गएको छ । झिरुवासको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।


प्रचारप्रसारको अभावमा ओझेलमा रहेको काउलेडाँडामा पछिल्लो समय एकैदिन चार पाँच समूह वनभोजका लागि पुग्ने गरेको वडाध्यक्ष नविन्द्र थापा सोतीले बताउनुभयो । अहिले यो क्षेत्रमा विभिन्न ठाउँबाट वनभोज खान आउन थालेका हुन् । वनभोज खानेले यहाँ रहेको चौतारी, मन्दिर खासगरी अम्रिसो लगायतका रमणीय स्थलका बारेमा प्रचार गरेसँगै पछिल्लो समय वनभोज खानेको लागि रमणीय स्थल बन्दै गएको समूहका अध्यक्षले दमनपाटा मगरले बताउनुभयो ।
पुर्वधारको विकास भएको हाल उक्त ठाउँमा घरबास होम स्टे समेत संचालन गरेको र पर्यटनलाई नै आधार बनाएर काम गरिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनु भयो ।


काउलेडाँडामा उद्यान,काउलेदेवी मन्दिर पदमार्ग निर्माण,चौतारी संरक्षणलगायतका काम भएको योजना शाखा प्रमुख अर्जुन खनालले बताउनु भयो । कुनै समय बनमाराले भरिएको जंगलमा अम्रिसोले हरियाली बने सँगै पर्यटकको आकर्षण बढेको हो ।
गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले काउलेडाँडाको विकासमा गाउँपालिकाले साझेदारी गरिरहेको बताउनु भएको छ । उहाँले पालिका भित्र रहेका पर्यटकीय विकास योजनामा काउलेडांडा सूचीकृत भएको समेत बताउदै उक्त ठाउँमा खानेपानी पु¥याउन लिफ्टिङ कामका लागि रकम विनियोजित गरेको र थप व्यवस्थित बनाउन लागि परेको बताउनु भयो । काउलेडाँडामा अवलोकन सहित वनभोज खान करीव ५० विद्यार्थी सहित बुलिङटार ३ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट आएको त्रिभुवन माविकी शिक्षक दिवा खनाले बताउनु भयो,उहाँले भन्नु भयो निकै रमणीय ठाउँ रहेछ, अवलोकन समेत गरियो,एक पल्लट पुग्नै पर्ने ठाउँको रुपमा रहेछ,उहाँको भनाई थियो ।


यहाँ सामन्य आवस्यक पर्ने कुराहरुको व्यवस्था रहेको पाइयो । र दिनभर घाम लाग्ने, मनोरम हिमशृङ्खला, पहाड र तराईका धेरै जिल्ला ,गाउँबस्तीको अवलोकन गर्न समेत सकिने रहेछ उहाँले बताउनु भयो ।
कतै समथर त कतै भिरालो भू–बनोटमा रहेको काउलेडाँडाबाट मनोरम हिमशृङ्खला, पहाड र तराईका धेरै जिल्ला ,गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर,अरणखोल, कावाकोसी झयालबास हुप्सेकोट सडकखण्ड हुँदै काउलेडाँडा सजिलै पुग्न सकिन्छ । एक हजार पाँच सय मिटरको उचाइमा अवस्थित काउलेडाँडा सदरमुकाम तानसेन बजारदेखि पूर्व ८३ किमी दूरीमा पर्छ ।


झिरुबास गाउँको काखैमा रहेको झन्डै २४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वनमा लगाएको अम्रिसोखेती, त्यहाँको मनोरम सुन्दर प्राकृतिक वातावरण अवलोकनका लागि उपयुक्त ठाउँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0