दयाराज न्यौपाने
पाल्पा । पाल्पाको तानसेनमा जारी कृषि, व्यापार तथा पर्यटन महोत्सव २०८२ मा बुघबार चर्चित गायक लोकगायक बद्री पंगेनीसँगै दर्शक झुमेका छन् । पंगेनीको प्रस्तुती पर्खेर बसेका हजारौं दर्शक पंगेनी स्टेज चढेसँगै हुटिङले मेलास्थल गुञ्जिएको थियो ।


आफ्ना लोक दोहोरीका टुक्का जनै लाएर भन्ने भाकाबाट दर्शकलाइ करिव आधा घण्टा नचाए भने अन्य लोक दोहोरी भाकाहरु मन थिएन जोगी बन्न्रलाई,बसे है पालेदाइ गेट नलाइ नलाइ लगायतका भाकाले दर्शकहरुलाइ नचाउनु भएको थियो । भने चर्चित गायिका रचना रिमालसंग समेत गायका कारण मेला गुन्जयमान भएको थियो । भने सोही दिन गायिका रचना रिमालको समेत बेजोड प्रस्तुति रहेको थियो ।


तानसेन नगरपालिकाको मुख्य आयोजनामा र शर्मा निर्माण सेवा बगनासकाली ९ को व्यवस्थापन भएको मेलामा स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिएका थिएका छन् ।

मेलामा पाल्पाली उत्पादनको बजारीकरण र पर्वद्द्न, स्थानीय भाषा, सस्कृतिको जगेर्ना र स्थानीय प्रविधिलाई प्रोत्साहन साथै बाह्र्य प्रबिधिको पहिचान लगायतका कार्यक्रमहरु रहेको व्यवस्थापन समितिका सदस्य सोनीत प्रधानले बताउनुभयो ।


महोत्सवका बाकी दिनमा बहुचर्चित कलाकारहरु अर्जुन सापकोटा,नायक पल शाहा र दुर्गेश थापा लगायतका को प्रस्तुति रहने छ ।तानसेनको टुडिखेल खेलमा संचालन भएको मेला यहीँ माघ २७ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा ३०० बढि स्टल रहेका छन् भने ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान समेत आयोजकले गरेको छ । तेश्रो महोत्सवमा ८ करोडको कारोबार हुन अनुमान गरिएको छ । महोत्सव स्टलमा प्रवेश गर्नका लागि साधारण टिकट रु. ७५।–, विद्यार्थी रु. ५०।– तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0