दयाराज न्यौपाने
बराङ्दी चैत २८÷ तातोपानी खानीगाउँ,बराङ्दी,चापपानी खानेपानी उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा अधिवेसन बगनासकाली ७ खानीगाउँ शनिबारमा सम्पन भएको छ ।


भेलालाइ सम्बोधन गदै प्रतिनिधि सभा सदस्य माधव थापाले जनताको भावना अनुसार प्रतिपक्षलाइ समेटेर लैजाने बताउनु भएको छ ।“ शुसासन कायम गर्ने सरकार मेसीनरी गतिमा काम गर्ने तयार छ । पानीको कारण नै धेरै ठाउँमा जनताले दुख पाएको उल्लेख गदै स्वच्छ पानी सबै जनतामा पु¥याउने काममा आफु निरन्तर लागि पर्नेछु ” पाल्पा क्षेत्र नं २ बाट निर्वाचित सासंद थापाले अहिले सम्म जे जती काम भयो त्यसमा धन्यवाद ज्ञापन गदै आगामी दिनमा थप काममा एकता कायम गदै जनतालाइ साथ लिएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य वीरबहादुर रानाले जनताको काममा निरन्तर लागेको बताउदै भाषण र आसनले जनतामा निरासा पैदा भएको उल्लेख गदै गलत गर्ने जोकोही पनि कानुनी दायरामा आउनुपर्नेमा जोड दिनुभएको थियो ।


भेलामा प्रतिवेदन प्रस्तुत गदै खानेपानी उपभोक्त समितिका अध्यक्ष हरीप्रसाद पाठकले निर्माण देखि हाल सम्म ६ सय ३२ घर परिवारमा पानीको सहज पहुँच पुगेको बताउनु भएको थियो । उहाँले कृषि र व्यवसाय गरि रहेका किसानका लागि महशुलमा ३० प्रतिशत छुट दिएको बताउनु भएको थियो। हाल पानी ८ युनिट २५० रुपैयाँ रहेको र प्रतीयुनिट थप ७० रहेको समेत बताउनु भयो भने बगनासकाली गाउँपालिकाले महशुलमा ६०प्रतिशत अनुदान दिएको, खानिगाउ ७ कमेरेमा रहेको निरन्जन युवा क्लबले परिकल्पना गरेको योजना २०६४ साल बाट सुरु भै हाल सम्म ६ सय बढी घर परिवारले पानीको प्रयोग गरिरहेको, दैनिक ३ लाख ४० हजार लिटर माग भएको र १ हजार घर परिवारमा पुर्याउने लक्ष्य रहेको समेत अध्यक्ष पाठकले बताउनु भयो ।
साधारण सभामा निवर्तमान सांसद ठाकुर प्रसाद गैरेले पूर्व मन्त्री सोम प्रसाद पाण्डे, बगनासकाली गाउँपालीकाका अध्यक्ष सरस्वती चिदी, बगनासकाली गाउँपालिकाका पुर्व अध्यक्षकृष्ण प्रसाद बस्याल, जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खराल, बगनासकाली गाउँपालिका ७ का वडाध्यक्ष गणबहादुर बुढाथोकी, समितिका उपाध्यक्ष गणेशप्रसाद बस्याल ,खानेपानी कार्यालय पाल्पाका केशव खत्री,नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले पानीको सहज र हरेक नागरिकको शुद्ध पानी पिउने अधिकार भएको भन्दै खानेपानीको समस्या साधानले दैनिकीमा परेको असहजता हट्दै गएकोमा खुसी व्यक्त गदै हरेक कामलाइ समुदायको हितमा लैजानु पर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रममा उपभोक्ताहरुको तर्फबाट बोल्दै डोलराज भट्टराइ र सरस्वती बस्यालले तातोपानी खानेपानीको कारण धेरैको दैनिकी नै फेरिएको हिजो पानीकै लागि खोला,पधेरा धाउनु पर्ने वाध्यताको अन्त्य भएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।
खानेपानीको सहज पहुच पुरा हुनेगरि व्यवस्थित रुपमा काम थालिएको समितिका सचिव कृष्ण भुसालले उल्लेख गर्नु भएको थियो । समितिले प्रस्तुत गरेको प्रतिवेदन भेलाले सर्वसम्मत रुपमा पारित समेत गरेको छ । कार्यक्रममा खानेपानीको टंकी निमार्ण गर्ने निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता ७ जनालाइ र खानेपानीको विस्तारको परिकल्पनाकार निरन्जन युवा बगनासकाली ७ कमेरेलाई सम्मान पत्र र टीकाखादाले सम्मान गरिएको व्यवस्थापक बिष्णु तिमिल्सेनाले जानकारी दिनुभयो ।

अधिवेसनले हरि प्रसाद पाठककै अध्यक्षतामा ९ सदस्सीय समितिको चयन गरेको हो जस्को उपाध्यक्ष गणेश प्रसाद बस्याल,सचिव कृष्ण प्रसाद भुसाल,कोषाध्यक्षमा उमकला अर्याल रहनुभएको छ । भने सदस्यहरुमा गुन बहादुर बुढाथोकी,रीतादेवी भट्टराई,धनकुमारी पाठक र ऋषि बस्याल रहनु भएको निर्वाचन समितिका संयोजक टंक भट्टराइले जानकारी दिनुभयो । भने १ जना समितिले मनोनीत गर्ने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0