दयाराज न्यौपाने
पाल्पा भदौ २१ सूर्यमुखी कृषि तथा पशुविकास महिला सहकारी संस्था लिमिटेड बगनासकाली ७ खानीगाउको दशौ साधारण सभा तथा चौथौ अधिवेसन आइतबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गदै अध्यक्ष बिनिसरा कनौजेले समूह मार्फत निमार्ण भएको सहकारी संस्थाले आय आर्जनको क्षेत्रमा लगानी गदै गएको बताउनु भएको छ । उहाँले आधुनिक प्राविधिमार्फत कृषिको थालनी सुरु भएको बताउनु भएको छ ।

दुग्ध संकलन केन्द्र,पशुपालन,र घास खेती सहित उत्पादनमा निरन्तर दिने, सेयर सदस्यलाइ बिस्तार गर्ने बताउनु भएको छ । उहाँले आगामी दिनमा, अदुवा बेसार खेती,अकबरे खुर्सानी खेती, बाख्रा, भैंसी पालनलाइ व्यवसायीक बनाउने जस्ता उत्पादनमा आधारित कामलाई निरन्तरता दिने बताउनु भएको छ ।

अध्यक्ष कनौजेले सेयर सदस्ययको आम्दानीलाई प्राथमीतकतामा राखी रोजगार सिर्जना गराउने गरि कार्यक्रम तय गरिएको बताउनु भयो । कार्यक्रममा आर्थिक सुपरिवेक्षण समितिका सदस्य बिष्णु बस्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गदै सहकारीको शेयर सदस्यको संख्या ३ सय १६ पुगेको १ करोड ३७ लाख ७० हजार कारोबार गरेको बताउँदै ३ लाख ११ हजार रुपैया २०६ सुद्ध नाफा गरेको बताउनुभयो ।


सूर्यमुखी सहकारी संस्था लिमिटेडको दशौ साधारण सभा तथा चोथौ अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व उर्जामन्त्री विरबहादुर रानाले कर्म नै सबै भन्दा ठुलो भएको उल्लेख गदै जिवनमा केही न केही गदै जानु पर्नेमा जोड दिनुभएको थियो । उहाँँले महिला दिदी बैनीहरुको एकता र क्रियाशिलताले आज बाँझो जमिनमा भूगोल सुहाउने वैकल्पिक खेतिहरु कुरिलो खुर्सानीखेतीले ग्रामीण भेगमा राम्रो आम्दानीको श्रोत बनेको बताउदै यसले समाजलाइ सकारात्मक रुपमा अगाडी बढाएको बताउनु भयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले सहकारीहरुको बेथिति बढेका बेला यो सहकारीले समाजमा आर्जेको बिश्वास निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । सहकारीलाइ बगनासकाली गाउँपालिकाले बाख्र प्रर्वधनमा र बाख्राको खोर निमार्णमा ५० प्रतिशत अनुदान तथा दुध ढुवानीमा प्रतिलिटर ५ रुपियाँ सहयोग गदै आएको समेत उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठक, बगनासकाली ७ का वडाध्यक्ष गण बहादुर बुढाथोकी,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक टंक प्रसाद भट्टराइ,सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरी,पिताम्बर बस्याल, संस्थापक अध्यक्ष पम्फादेवी गैरे,खानीगाउँ माविका शिक्षक मनिसा बस्याल,सेयर सदस्य भिमा बुढाथोकी लगाएतले सहकारीको मर्मलाई आत्म साथ गदै आय आर्जनको बाटोमा लगानीले बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।


कार्यक्रमका अवसरमा व्यवसायीक रुपमा सफल उधमी बिष्णुमाया कनौजे जसले एक वर्षेमा १९ सय ९९ लिटर दुध बिक्रि गरेको भन्दै सम्मान गरेको हो । भने, दुध बिक्री मै अम्बिका गैरे ,निययमीत दुध ल्याउने सीता रजाली र यमकला कनौज लाइ सम्मान पत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीे मान कुमारी गैरे,संस्थापक अध्यक्ष पम्फा गैरे,चोपलाल गिरि,पिताम्बर बस्याल सहित सहकारीलाइ सहयोग गर्ने विभिन्न व्यक्तित्व र संस्थालाइ दोसल्ला ओडाइ सम्मान पत्रले सम्मान गरिएको थियो भने,संस्थाका सेयर सदस्यहरुका छोराछोरी मध्येका कक्षा १ देखि १० मा उत्कृष्ट अंक ल्याउने ६ जनालाइ सम्मान पत्र, सहित स्टेशनरी प्रदान गरिएको थियो । सेयर सदस्यहरुलाइ सहकारी लोगो अंकित पर्स वितरण गरिएको थियो । उद्घाटन समारोह सहकारीका उपाध्यक्ष रितादेवी भट्टराइको स्वागत तथा व्यवस्थापक मान कुमारी गैरे र सह व्यवस्थापक बेगम बुढाथोकीको संचालन चलेको थियो ।


भने, चौथो अधिवेशनले बिनिसरा कनौजेकै अध्यक्षतामा सर्वसम्मत ११ सदस्सीय संचालक समितीको गठन गरेको छ। जस्को उपाध्यक्षमा रितादेवी भट्टराइ,सचिवमा मायादेवी भट्टराइ, कोषाध्यक्षमा लक्ष्मी चिदी,रहनु भएको हो । भने सदस्यहरुमा यमकला कनौजे,शान्ती थापा, भिमा बुढाथोकी,गोमा भट्टराइ,रुपा गाहाँ,सीता कामी र धनमाया कनौजे रहनुभएको छ ।त्यस्तै हिरा कनौजेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरेबेक्षण समितिको समेत सर्वसम्मत गठन भएको छ। जस्को सदस्यहरुमा साबित्रा भट्टराइ र बाल कुमारी ढाडा रहनुभएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0