दयाराज न्यौपाने
पाल्पा जेठ ६ ÷पाल्पाको बगनासकाली गाँउपालिका पूर्णसंंस्थागत प्रसुतिसेवायुक्त तथा पूर्णखोप गाउँपालिका बनेको छ । सोमबार भएको कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिलाई पूर्णसंंस्थागत प्रसुतिसेवायुक्त तथा पूर्णखोप गाउँपालिका सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमखु टंकनाथ खनालले स्वस्थ्य क्षेत्रको विकासमा चुनौती रहेको उल्लेख गर्दै जनप्रतिनिधि सहित सबैको सहयोग आवस्यकता रहेको बताउनु भएको छ । उहाँले स्वाथ्यको अवस्था कमजोर बन्दा समाजले प्रगति गर्ने नसक्ने बताउनु भएको हो। प्रमुख खनालले घोषणा हुने कुरा नै महत्वपूर्ण रहेको उल्लेख गदै उत्त समयमा नै सवै सूचक पुरा हुने उहाँले बताउनु भयो ।


बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनताको स्वास्थ्य पहिलो भएको बताउदै सोही अनुसार जनताको स्वास्थ्य सुधारमा निरन्तर लागेको बताउनु भएको छ । उहाँले आमा र शिशुको रक्षाका लागी गाउँसरकारले चालेका कदमलाई सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यबाद दिनुभयो ।


गाउँपालिकाका ९ वटै वडालाई पूर्णसंंस्थागत प्रसुति घोषणा गरेपछि समग्र गाउपालिकालाई नै पुर्णसंंस्थागत गाउँपालिका सुनिश्चितता गरिएको गाँउपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले स्वास्थ्य संस्थामा नियमित गर्भ जाच गरी स्वास्थ्य संस्थामै सुत्केरी हुँदा आमा र शिशु दुबैको स्वास्थ्य राम्रो भएको बताउनुभयो ।


नियमीत गर्भ परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी भएको आधारमा गाँउपालीकालाई पूर्ण संंस्थागत सुत्केरी र खोपको आधारमा सुनिस्चीतता गाउँपालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाका जन स्वास्थ्य नर्स शान्ति भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य अधिकृत नोदप्रसाद बस्यालले प्रतिवेदन प्रस्तुत गदै एक बर्षमा गाउँपालिकाका १ सय ७१ जना सुत्केरीले नियमित स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य संस्थामै सुत्केरी भएको बताउनुभयो । उहाँले १५ महिना भित्रका २३०जना नियमति खोप लगाउदै र १६ देखि ५ वर्ष सम्मका ८ सय २० जना बालबालिकाले खोपको मात्र पूरा गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशीका गैरे, जिल्ला समन्वय अधिकारी मुकुन्द शर्मा,स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल,नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सेना, महिला स्वास्थ्य स्वयसेविका मथुरा ढुङ्गाना लगायतले स्वास्थ्य संस्थामा नियमित परीक्षण र सुत्केरी भएरमात्रै नपुग्ने भन्दैत्यसपछि जन्मिने बच्चा र आमाको स्वास्थ्यमा ध्यान दिदै उनीहरुको भबिश्यका बारेमा पनि सबैको ध्यान जानुपर्नेमा जोड दिदै बगनासकाली गाउँपालिका पुर्णसंंस्थागत प्रसुतिसेवायुक्त गाउँपालिका बन्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो ।


गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले गाउँपालिकाले थालनी गरेका सबै अभियान सफल बनाउन निरन्तर लागि परेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0