दयाराज न्यौपाने
पाल्पा असार ८ –कालिका आधारभूत विधालय बगनासकाली ९ चापपानी पूर्व विद्यार्थी मञ्चले एक कार्यक्रमको आयोजना गरि विधालयमा १ लाख ११ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

२०६० सालमा कक्षा १ मा भर्ना भइ २०६८ कक्षा ८ उतिर्ण भएका पूर्व बिद्यार्थीहरुले उक्त रकम राखेको संयोजक नारायण भुसालले जानकारी दिनु भयो ।


शैक्षिक उन्नयन र विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको नारायण भुसालले बताउनुभयो । पूर्व विद्यार्थी मञ्चमा आवद्ध रहेका ११ जनाको समूहले उक्त रकम विद्यालयमापुगी हस्तान्त्रण गरेका हुन् । ८ हजार बराबरको जिन्सी सामान समेत सहयोग गरेको थियो भने सोही दिन विधालयमा कार्यरत शिक्षक रितादेवी अर्याल १४ हजार रुपैया बराबरको तातोपानीको धारा जडानमा सहयोग गर्नु भएको भएको विधालयक प्रधानाध्यापक जिवराज घिमिरेले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापना कार्यक्रममा बगनासकाली ८ बराङ्दीका वडाध्य मोतीलाल बस्याल,विद्यालय व्यवस्थापन समिति सदस्य शारदा भुसाल लगातले बोल्दै पुण्यकाम गरेको धन्यवाद व्यक्त गर्नुभएको थियो ।

विद्यालयको शैक्षिक गुणस्तरका निम्ति निरन्तर सहयोग, सद्भाव र समर्थन गर्ने प्रतिबद्ता गर्दै सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको विधालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद अर्यालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0