दयाराज न्यौपाने
चैत्र १८ पाल्पा÷ बगनासकाली गाउँपालिकाले ६९ औ राष्ट्रिय सहकारी सहकारी दिवसको अवसरमा “उद्यमशिलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नारा सहित सहकारीका बिषयमा अन्तरक्रिया आयोजना गरेको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तत गदै सहकारी शाखाका प्रमुख यादव प्रसाद न्यौपाने बगनासकाली गाउँपालिका भित्र ३२ वटा सहकारी रहेको १८ वटा कृषि,कफी,अदुवा संग सम्बन्धीत र ५ वटा बहुउद्देश्यीय ४ वटा बचत तथा ऋण र ५ वटा दुग्ध सहकारी रहेका छन् । भने ७ वटा सहकारीहरु निस्कृय रहेको जानकारी दिनुभयो । २५ वटा सकृयसहकारमिा हाल पालिकामा ८ हजार ३ सय ७१ जना सेयर सदस्य रहेको बताउनु भयो ।
उहाँले सहकारीमार्फत आर्थिक, सामाजिक तथा संस्थागत सुदृढीकरणमा योगदान पु¥याउने उद्देश्यले महिला उद्यमशिलता, अन्तर–संस्था सम्बन्ध विस्तार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रलाई समेट्ने गरी कार्यक्रमहरू गरिएको सहकारी शाखाका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले सहकारी मार्फत जनताको आर्यआर्जमाटेवा पुग्ने गरी कार्यक्रम गरिएको बताउनु भयो । उपाध्यक्ष हरि प्रसाद पाठकले सहकारी मार्फत व्यवसायीक बनाउन पालिकाले सहकारी मैत्री र्काक्रमलाइ प्राथमिकता दिएको बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले सहकारीलाइ स्थानीय तहले सहि परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले उद्यमशिलता नारा अनुसार हुन सक्छ की सक्दैन् भन्ने कुरा तर्फ दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पालिका भित्र क्रियाशील विभिन्न सहकारी संघ–संस्थामा आवद्ध सदस्यहरूको सहभागिता रहेको थियो । सहभागिहरुले सहकारीको मर्म र सञ्चालन गर्दा भएका जटिलताका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।

अन्तरक्रियामा उद्यमशिलताको वर्तमान अवस्था,असल अभ्यास, सहकारीमार्फत स्वरोजगार तथा आयआर्जनका अवसरहरू, उद्यम सञ्चालनमा देखिएका चुनौतीहरू तथा समाधानका उपायहरूबारे लेखा अधिकृत कोसलराज पौडेलले सहजीकरण गर्नुभएको थियो । भने प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सहकारी ऐन नियम,नियमका दायरा लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । प्रतेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।






















