दयाराज न्यौपाने
पाल्पा । पाल्पाको तानसेनमा जारी कृषि, व्यापार तथा पर्यटन महोत्सव २०८१ मा मंगलबार चर्चित गायक लोकगायक श्याम रानासँगै दर्शक झुमेका छन् । रानाको प्रस्तुती पर्खेर बसेका हजारौं दर्शक राना स्टेज चढेसँगै हुटिङले मेलास्थल गुञ्जिएको थियो ।


आफ्ना लोक दोहोरीका टुक्का  “रेलै सलल” भन्ने भाकाबाट दर्शकलाइ करिव आधा घण्टा नचाए भने अन्य लोक दोहोरी भाकाबाट समेत नचाएका थिए । आफ्नो प्रस्तुतीको बिच–बिचमा ठट्यौंली टुक्का भरेर माहोल समेत तताउनु भएको थियो ।


‘ तानसेनको मिनी बस भाकामा प्रत्यक्ष दोहोरी समेत गाउनु भएको थियो । सिर्जना चितौरे,लोक गायक कुलेन्द्र बिश्वकर्मा सहित उद्घोषक कल्पना कुशुम,माधव जोन,बिन्दु थापा निहारीका ,रुपेश कार्की, पवन बस्यालसंग गाएका दोहोरी टुक्काले दर्शकलाई थप मनोरञ्जन दिएको थियो । मौलीक पारामा सजिसजावट भएर आएका राना गाउँघरमा प्रयोग हुने खुर्पेटोमा हसीयाहालेको सहित मगरी पोशाकले थप आर्कषण प्रदान गरेको थियो ।भने सोही दिन लोक गायक कुलेन्द्र बिश्वकर्माको समेत प्रस्तुति रहेको थियो ।


तानसेन नगरपालिकाको मुख्य आयोजनामा र पाल्पा व्यापार संघको आयोजनामा संचालन भएको मेलामा नृत्य प्रतियोगिता समेत सेमीफाइनल सम्मको यात्रा पुरा भएको छ । यसैगरी स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिएका थिएका छन् ।मेलामा पाल्पाली उत्पादनको बजारीकरण र पर्वद्द्न, स्थानीय भाषा, सस्कृतिको जगेर्ना र स्थानीय प्रविधिलाई प्रोत्साहन साथै बाह्र्य प्रबिधिको पहिचान लगायतका कार्यक्रमहरु रहेको पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्कीले बताउनुभयो ।


महोत्सवका बाकी दिनमा बहुचर्चित कलाकारहरुको प्रस्तुति रहने छ ।


तानसेनको टुडिखेल खेलमा २०८२ बैशाख ३गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा ३०० बढि स्टल रहेका छन् भने ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान समेत आयोजकले गरेको छ । यस महोत्सवमा ८ करोडको कारोबार हुन अनुमान गरिएको छ । महोत्सव स्टलमा प्रवेश गर्नका लागि साधारण टिकट रु. ७५।–, विद्यार्थी रु. ५०।– तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ । महोत्सवको ब्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रा लि चितवनले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0