पाल्पा – प्रेस चौतारी नेपाल पाल्पाको आयोजनामा पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन भएको छ ।प्रेस चौतारी नेपाल पाल्पा शाखाले बार्षिक रुपमा वितरण गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यो वर्ष ८ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।


प्रेस चौतारी पाल्पाले विजयदशमी, शुभ दिपावली नेपाल संवत, छठ पर्वको अवसरमा शुभकामना आदान गर्दै पुरस्कार घोषणा कार्यक्रम गरी पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक गरेको हो । प्रेस चौतारी पाल्पाले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरु लाई पुरस्कृत गर्दै आएको छ । पुरस्कार छनौट समितीका संयोजक एवं निवर्तमान अध्यक्ष राजेन्द्र लिगलले छनौट भएका पत्रकारहरुको नाम घोषणा गर्नु भएको थियो ।

तुल बहादुर अधिकारीले स्थापना गरेको प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार बाट कृष्ण पोखरेल, ओमबहादुर घर्तिमगरले स्थापना गरेको भद्र बहादुर स्मृति पत्रकारिता पुरस्कार बाट नारायण न्यौपाने, रामबहादुर राउतले स्थापना गरेको तुलसा÷तुल बहादुर स्मृति पत्रकारिता पुरस्कार बाट भुवन रायमाझी, द्धारिका प्रसाद नेपालले स्थापना गरेको सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कार बाट विजय वौडेल, विष्णुबहादुर कार्कीले स्थापना गरेको गिता स्मृति पत्रकारिता पुरस्कार बाट दयाराज न्यौपाने, राजेशकुमार अर्यालले स्थापना गरेको रेडियो पत्रकारिता पुरस्कार बाट गुणवती के.सी, राजुप्रसाद श्रेष्ठले स्थापना गरेको शेष कुमारी÷लोक कुमारी पत्रकारिता पुरस्कार बाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको पुतली देवी÷रुपनारायण स्मृति पत्रकारिता पुरस्कार बाट शोभाकान्त पाठक पुरस्कृत हुनुहने भएको हो ।
पुरस्कृत पत्रकारहरुलाई केही समय पछी कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने छनौट समितीका संयोजक लिगलले बताउनु भयो । प्रेस चौतारीका सचिवालय सदस्य रिमा सोमै सामुदायिक रेडियो प्रसारक संघ अकोराप लुम्विनी प्रदेश उपाध्यक्ष र विजय वौडेल नेपाल दलित पत्रकार संघको जिल्ला अध्यक्षमा निर्वाचित भएकोमा प्रेस चौतारी पाल्पाले सम्मान गरेको छ । कार्यक्रमका मुल पाहुना प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं लुम्विनी प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिनाले प्रेस चौतारी पाल्पाले आफ्ना सदस्यहरु सक्रिय, क्रियासिल, जुझारु बनाउदै पत्रकारिता क्षेत्रमा निरन्तर लाग्नको लागी हौसल्ला बढाउन पत्रकारहरु लाई पुरस्कृत गरेको बताउनु भयो । उहाँले संगठन चलामायन बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने विस्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य मिलन विश्वकर्माले यस्तो सम्मान कार्यक्रमले काम गर्न हौसल्ला बढ्ने जोश जागर आउने, आत्मवल बलियो हुने भएकोले चौतारी पाल्पाले वार्षिक रुपमा पुरस्कृत कार्यक्रमले पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताको आगमन लाई सहयोग पुगेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले अझै पनि खोजी अनुसन्धानमुलक पत्रकारिताको महत्व बढि नै रहेकोले खोजी समाचारमा सक्रिय हुन पत्रकारहरु लाई आग्रह गर्नुभयो । काम गर्नेले नै आफ्नो पेशालाई सम्मानित बनाउनु पर्नेमा अध्यक्ष रानाले जोड दिनुभयो । । कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले खोजी पत्रकारिता हराउदै गएको, पत्रकारितामा आचार संहिता पालना नभएकोमा दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष कृष्ण कार्कीले नयाँ पुस्ता लाई हौसल्ला बढाउन, पुराना पुस्ता लाई सम्मान गरी टिकाई राख्न, संस्थामा आवद्ध पत्रकारहरुको हौसल्ला बढाउन, गरिरहेको पेशा प्रति गर्व महशुस गराउन चौतारीले नियमित रुपमा विभिन्न दाताहरुको सहयोगमा पुरस्कार प्रदान गर्दै आएको बताउनु भयो । कार्यक्रममा प्रेस चौतारी केन्द्रिय अनुगमन विभागका सदस्य नवराज ज्ञवाली, प्रेस चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रेश चौतारीका प्रदेश सदस्य कृष्ण पोखरेल, प्रेस युनियन पाल्पाका निवर्तमान अध्यक्ष भरत शर्मा, प्रेश सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नाल, संचारिका समुह पाल्पाकी सचिव रुपा थापा, चौतारीका जिल्ला उपाध्यक्ष सन्तोष बस्याल लगायतले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै आउदै गरेको चाडपर्वले सबैलाई खुसी प्रदान गरोस भनी शुभकामना व्यक्त गर्नुभयो । प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानको संचालनमा कार्यक्रम चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0