पाल्पा गुल्मीको तम्घासमा संचालन भएको दोस्रो गुल्मी महोत्सव २०८२ तथा कृषि , पर्यटन एवं औद्योगिक मेलामा १ सयभन्दा बढी राष्ट्रिय कलाकारहरुले सहभागिता जनाउने भएका छन ।

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार ः कृषि, पर्यटन, उद्योग र ब्यापार” भन्ने नाराका साथ वैशाख ५ देखि वैशाख १७ गतेसम्म संचालन भइरहेको महोत्सवमा त्यतिनै संख्यामा स्थानीय कलाकारहरको समेत प्रस्तुती रहने छ । महोत्सवमा प्रत्येक दिन फरक फरक बिधाका चर्चित र लोकप्रिय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतीक संयोजक टामलाल केसिले जानकारी दिनुभयो ।
महोत्सवमा दर्शकको माग र चाहना अनुसार डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत तथा लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु समेत संचालन गरिने महोत्सवका सास्कृतिक सह संयोगजक खुम खत्रीले जानकारी दिनुभयो ।
महोत्सवको तेस्रोदिन अर्थात वैशाख ७ गते चर्चित गायक हेमन्त शर्मा , गायिका सम्झना रणपाल, गायक अनिल खत्री, गायिका दिपिका बस्नेत लगायत अन्य कलाकारको प्रस्तुति रहेको थियो । भने कार्यक्रमको संचालन गायक तथा उद्घोषक माधव जोन खत्रीले गरेका थिए ।
यस्तै महोत्सवको चौथोदिन अर्थात वैशाख ८ गते चर्चित गायक चन्द्र शर्मा , गायिका सीता राना मगर , गायक नारायण खनाल लेकाली , हास्यकलाकार माइला बा, गायक तिलक बस्नेत , गायिका तारा बिसि लगायत अन्य कलाकारको प्रस्तुति रहने महोत्सवका सास्कृतिक सह संयोगजक गोविन्द भुसालले जानकारी दिनुभयो।
महोत्सवमा कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायत गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला व्यवस्थापक जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लिका अध्यक्ष राजवीर जायसवालले जानकारी दिनुभयो ।
महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ । महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको । महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ ।























