दयाराज न्यौपाने
पाल्पा व्यापार संघले नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।संघको सचिवालयमा आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ र जिल्ला अध्यक्ष बिष्णुबहादुर कार्कीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाइहरु अन्त्य हुने विस्वास व्यक्त गर्नु भयो । उहाँले पाल्पालाई व्यापार व्यवसायलाइ चलायमान बनाउन तानसेन नगरपालिकाले नीतिगत योजना निर्माण गरि अगाडी बढ्को बताउनु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्कीले व्यापार संघलाई थप सबल र गतिशिल संस्थाको रुपमा स्थापित गर्न वर्तमान नेतृत्व लागिपरेको बताउनु भएको छ । उहाँले सोही अनुरुप बिभिन्न गतिबिधी समेत गदै आएको बताउनु भयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, संस्थाका सल्लाहकार सन्तोष खनाल, ,बरिष्ठ उपाध्यक्ष कमल ढकाल,कोषाध्यक्ष कमलकृष्ण कार्की सहित सहभागी सम्पुर्णले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघले आफ्नो कार्ययोजना अनुसार शुभकामना आदानप्रदान कार्यक्रम गरेको भित्तेपात्रो प्रकाशन समितिका संयोजक गोकुल पौडेलले बताउनु भयो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष कमल ढकालको स्वागत तथा संघका सचिव नारायण बस्यालको संचालनमा चलेको थियो ।





















