पाल्पा जेठ ९ ÷समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजना र बगनासकाली गाउँपालिकाको सहयोगमा लागुऔषध तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम बगनासकाली गाउँ पालिकाको सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पाल्पा जिल्लालाई अपराध गतिविधिमा कमि ल्याउन जिल्लाका सुरक्षा निकाय एक भएर लागेको उल्लेख गर्नु भएको छ । उहाँले पछिल्लो समय समाजमा हुने अपराधका घटना वृद्धिहुने कुरा दुःखद भएको उल्लेख गर्नु भएको छ । उहाँले समाजका हरेक नागरिक,स्थानीय सरकार र सरोकार वाला निकाय सहितको भूमिका भुमिकाले मात्र नियन्त्रण हुने उल्लेख गर्नु भएको छ ।

बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाले हरेक नागरिकको सुरक्षा र उनिहरुको हितका लागि प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाँले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने प्रतिवदता समेत जनाउनु भएको थियो । सहि जानकारीको अभावले समेत अपराध बढेको महशुस भएकै कारण जानकारी गराउने उदेश्यले प्रहरी साझेदारी कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले सुरक्षा निकाएको सहयोग कै कारण आगलागीका बेला पालिकामा ठूलो क्षेती हुनबाट जोगिएको उल्लेख गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले अभियान सुरु गरेको बताउनु भएको छ । समाजमा विभिन्न खाले अपराधका घटना बढेको भन्दै अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथ सहयोग जरुरी रहेकोले साझेदारी कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । साइबर अपराध अन्जानमा वा जानी जानी हुने गरेकाले कम्पयुटर चलाउँदा आफूलाई आवश्यक फाइल मात्रै खोल्ने र नजानेका फाइल, उपहार पाउने लगायतका फ्रड फाइलमा क्लिक खोल्ने काम नगर्न आग्रह गर्नुभयो । उहाँले साइबर अपराधको घटना बढी सामाजिक सञ्जाल फेसबुकबाट, इमेल फ्रडबाट, लटरीको नाममा हुने गरेको बताउनु भयो । प्रहरी उपरीक्षक चन्दले कानुनको अभावमा साइबर अपराधमा कार्वाही गर्ने नसकिएको बताउनु भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पछिल्लो समय समाजमा देखिएको लागुऔषध,साइबर अपराध जस्ता समस्या विकराल बनेको उल्लेख गर्दै यसको निराकरणका लागि सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गाउँपालिकाका सम्पुर्ण वडा र १० वटा माध्यमिक विधालयमा लागुऔषध तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने गरि कार्ययोजना बनाएको बताउनु भएको छ ।
प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्पन्न भइरहेका र आगामी दिनमा गरिने विभिन्न गतिविधिहरुका बारेमा जानकारी गराउदै पालिका स्तरीय समन्वयात्मक वैठक,विधालयमा सचेतता मुलक कार्यक्रम गरेको बताउनु भएको छ । उहाँले दुव्र्यसनी,सडक सुरक्षा आत्महत्याका न्यूनीकरणका उपायहरु सहित काम गरिरहेको बताउनु भयो । समाजमा भएका अपराध लाई लुकाएर बढाउने भन्दा समयमै जानकारी गराउने दायित्व समेत समुदायको रहेको नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
पालिका स्तरीय समन्वयात्मक वैठकमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोहन खड्का अनलाईन बैङिक प्रक्रिया अन्लाईन सपिङ साइबर सामाजिक संजालको सुरक्षित प्रयोग,दुव्र्यसनी कानुनी परिणाम,अभिभावकको भुमिका लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा साइबर सुरक्षा सम्बन्धी १० मिनेटको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरेको थियो ।























