सुदर्शन पाण्डे
साधन र औजार निर्माण कर्ताको रुपमा लिईने देवता विश्वकर्मा को पुजा आज नेपालमा सवारी साधान, विशेषत फलामका औजार संगै अन्य धातुका औजारहरुको पुजा गरी मानाईन्छ ।
आज आश्विन सङ्क्रान्ति(कन्या सङ्क्रान्ति) को दिन विश्वकर्मा को पुजाआजा गरी विश्वकर्मा दिवस मनाइँदै छ । भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा पनि रहेको छ ।

विश्वकर्मालाई वास्तु क्षेत्रका ज्ञाताका रुपमा लिइन्छ । भगवान श्रीकृष्ण लाई राक्षसले दुःख दिएपछि भगवान विश्वकर्माले समुन्द्रको बीचमा भेद द्वारका बनाएर लुकाएर राखेको धार्मिक विश्वास रहेको पाइन्छ । उनले निकै छोटो समय अर्थात एक रातमै भेद द्वारका बनाएका कारण उनीमा उत्कृष्ठ वास्तु कला भएका कारण वास्तुविदका रुपमा लिईन्छ । यसैकारण लामो समय देखी बाबा विश्वकर्माको पुजाआजा गरिदै आएको छ ।

नेपालमा विशेषत आजको दिन सावारी साधन विक्रेता, सवारीधनी, विभिन्न उद्योगहरु आदी लगाएतले आजको दिन हर्ष उल्लासका साथ पुजाआजा गर्ने गर्दछन् । सवारी मर्मत गर्ने ग्यारेजहरुमा आज काम नै ठप्प पारी बाबा विश्वकर्माको पुजा गरी आफ्ना ग्राहाकहरुलाई आमन्त्रण गरी प्रसाद ग्रहण गर्ने परम्पराको पनि विकास भएको पाइन्छ ।

यसरी पुजा आजा गर्दा धातु जन्य वस्तु बाट निर्मित सामाग्री बाट हुने हानीबाट जोगिने जनविश्वास रहेको छ ।





















