दयाराज न्यौपाने
पाल्पा, २७ पुष –
समाजसेवी मनकारी पदम रानाले लौरो बाड्ने अभियानलाई निरन्तरता दिनु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका ४,५र ६ मा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई दोस्रो चरणमा लौरो वितरण गर्नु भएको हो ।


बगनासकाली २ पोखराथोक छतीवन निवासी समाजसेवी पदम रानाले वडा नम्बर ४ मा दुई सय, वडा नम्बर ५ मा दुई सय पचास र वडा नम्बर ६ मा तीन सय गरि ७ सय ५० जना ज्येष्ठ नागरिक, अपाङ्गता तथा भएका व्यक्तिलाई लौरो वितरण गरेको अभियानका अभियान्ता तथा सल्लाहकार डेन्जीङ रायमाझीले जानकारी दिनुभयो ।


लौरो वितरण गदै आभियान्ता पदम रानाले आफुले आफ्नो हजुरआमाको लागि लौरी बनाएको र त्यस बेला लौरो बनाउदा चोट लागेको प्रसंग उल्लेख गर्दै लौरो बितरण गर्ने सोच धेरै पहिला देखि नै लिएको उल्लेख गर्नु भएको थियो ।
बगनासकाली ६ यम्घाका ८६ वर्षीया भुवानीशकर बस्यालले राना परिवाले गरेको सहयोग प्रसंसनीय रहेको बताउनु भएको छ ।लौरो वितरणकार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पदम रानाको जति प्रशंसा गरेपनी कम हुने बताउदै उहाँको योगदानलाई कदर गर्ने उल्लेख गर्नु भएको छ ।


लौरौ वितरण कार्यक्रममा बगनसकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, समाजसेवी मोहन थापा मगर,वडा नम्बर ४ का वडाध्यक्ष जितबहादुर कनौजे,५ का वडाध्यक्ष ओमप्रकाश गैरे,६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, लगायतले बोल्दै पदम रानाको अभियान बगनासकालीका जनता र समग्र बगनासकाली गाउँपालिकाकाका लागि थप हौशला भएको बताउनु भएको छ ।

बगनासकाली गाउँपालिकाका प्रवक्ता एवं अभियान्ता टीकाबहादुर थापाले पालिकाका ९ बटै वडामा बितरण गर्ने जनाउदै २७ गते १,२ र ३ वडामा वितरण गरि यो अभियानलाइ केही समयका लागि स्थगित गर्ने जानकारी दिनु भयो । सो अवसरमा वडा कार्यालयको तर्फबाट मनकारी समाजसेवि पदम राना र उहाँको पत्नी डिला रानालाइ फूलमाला, अबिर,पाल्पाली ढाका,दोसल्ला सहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।,भने सोही अवसरमा पदम रानाले बगनासकाली ५ मा निर्माणाधीन जनजाति भवनको लागि पच्चीस हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो ।


२०२३ अप्रिल १५ तारिका दिन युएईमा झन्डै ७२ करोडको चिठ्ठा प्राप्त गरेका राना र उहाँकी श्रीमती डिला राना सहित राना परिवाले मातृभूमि, प्रतिको मायालाई आत्मसाथ गरि लोरौ वितरण, विद्यालयहरूको शैक्षिक गुणस्तरीय वृद्धिका लागि अक्षयकोष एवं शैक्षिक सामाग्री,झोला वितरण,खानेपानीको मुल संरक्षण लगायतकाकामलाई तिव्रता दिनु भएको छ । चिठ्ठा पर्नु अघि देखी नै रानाले लौरा वितरण सहित सामाजिक कार्य गदै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0