दयाराज न्यौपाने
पाल्पा पुष २८- बराङ्दी खानीगाउँ भालुखोला खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको साधारण सभा तथा सातौ अधिवेशन सम्पन भएको छ ।

अधिवेशनले हरिप्रसाद बस्यालको अध्यक्षतामा ९ सदस्सीय समितिको पुनर्गठन गरिएको छ जसको उपाध्यक्षमा जीवकला बस्याल,सचिव सीता भट्टराइ र कोषाध्यक्षमा खुमलाल पाठक रहनुभएको छ । भने सदस्यहरुमा टीकाराम बस्याल,हेमन मिधुन,लालकुमारी रजाली,भोजबहादुर मिधुन र शरिता दर्लामी रहनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्नु हुदै बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पानीको सर्वसुलभका लागि गाउँपालिका निरन्तर लागि परेको बताउनुभएको छ ।
उहाँले समितिको आवस्यकता र माग पुरा गर्ने पालिका तयार रहेको कुरा बताउनु भएको थियो । समितिको प्रतिवेदन प्रस्तुत गदै अध्यक्ष मोतीलाल बस्यालले हाल ३ सय १५ घरधुरीले खानेपानीको प्रयोग गरेको बताउँदै खानेपानीको क्षेत्र बिस्तार र लिफ्टीङ् कार्यक्रम मार्फत ४ सय ५० घर धुरीलाइ पानी पु¥याउने योजनाका साथ काम गरेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका ७ का वडाध्यक्ष गणबहादुर बुढाथोकी, समितिका पूर्व अध्यक्ष प्रेमबहादुर मिधुन,सल्लाहकार गणेशप्रसाद बस्याल लगायतले बोल्दै खानेपानीको दिगो समाधान तर्फ लाग्न आग्रह गर्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष जीवकला बस्यालको स्वागत मन्तव्य,सचिव हरिप्रसाद बस्यालको संचालनमा कार्यक्रम चलेको हो ।





















