दयाराज न्यौपाने
पाल्पा -नवौं राष्ट्रिय योग दिवसको अवसरमा तीन दिने योग शिविर बराङ्दीमा सम्पन भएको छ ।


बराङ्दी आयुर्वेद औषधालय बगनासकाली ८ को आयोजनामा ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित योग शिविर सम्पन भएको हो । योगको महत्वबारे सबैलाई बुझाउने उद्देश्यले पछिल्लो समय नेपालमा वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग अनिवार्य छ । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने विज्ञहरु बताउँछन् । हिजोआज धेरै स्थानमा योग शिविर तथा योग कक्षा सञ्चालन हुन थालेका छन् ।


शिविर समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिका कार्यपालिका सदस्य उमकला अर्यालले नियमीत रुपमा बिभिन्न स्थानमा योगाभ्यास सञ्चालनका लागि पालिकाले पहल गरेको बताउनु भएको छ ।

योग शिविरमा ७० जना सहभागि रहेको आयुर्वेद औषधालयका प्रमुख सिर्जना केसीले जानकारी दिनुभयो । वेद माविको प्राङ्गणमा चलेको शिविरमा गुल्मी आयुर्वेद औषधालयका निमित्त प्रमुख तथा योग प्रशिक्षक माधव बस्यालले सहजीकरण गर्नुभएको हो ।

समापन समारोहमा वेद माध्यमिक बिद्यालयका अध्यक्ष गणेशप्रसाद बस्याल, वडा सदस्यहर,पूर्व शिक्षक लगायतको सहभागिता रहेको थियो । सो अवसरमा रगत र सुगरको समेत निः शुल्क परीक्षण गरिएको थियो । वेद माध्यमिक विद्यालयका शिक्षक कला ज्ञवालीको संचालनमा कार्यक्रम चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0