दयाराज न्यौपाने
पाल्पा माघ ३ नारायणडाँडा क्रिकेट (एनसीसी) कप २०८० सुरु भएको छ । नारायणडाँडा क्रिकेट कल्बले आयोजना गरेको कपको उद्घाटन गर्दै जिल्ला क्रिकेट संघ पाल्पाका उपाध्यक्ष शैलेन्द्र भट्टराईले प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो उहाँले क्लवहरु मार्फत क्रिकेट प्रतियोगिता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत खेल प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । भट्टराइले क्रिकेटको विकासमा आफु र संघ निरन्तर लागेको उल्लेख गदै आवस्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनु भएको थियो ।

खेल संयोजक नवराज बस्यालले राष्ट्रिय खेलका रुपमा रहेको क्रिकेटमा खेलाडीहरुको आकर्षण बढाउनुको साथै खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा जिल्ला खेलकुद मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल,तानसेन १ का वडा अध्यक्ष सुनिल बस्याल बगनासकाली १ का अध्यक्ष शेरबहादुर चिदी,जिल्ला क्रिकेट संघ पाल्पाका सदस्य पूर्णराज शाक्य र जेसीज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले लगायतको उपस्थिति रहेको थियो ।


बगनासकाली १ चिलाङ्दी खेलमैदानमा आज भएको पहिलो खेलमा एमआइ वि क्रिकेट टिम तानसेनले पाल्पाली क्रिकेट प्लेयर पीसिपी क्रिकेट टिम पाल्पालाई १३ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको एमआइ वि ले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनायको थियो । ८८ रनको लक्ष्य पछाएको पीसिपीले १० ओभरमा ४ विकेट गुमाउदै ७५ रनमात्र जोडन सक्यो । पीसीपीका लागि रुपेश बस्यालले ३७ रन बनाएपनी जितका लागि प्रयाप्त भएन् । उक्त खेलमा १ विकेट र ११सहित अलराउड प्रर्दशन गरेका एमआइ वि टिमका सागर लामिछाने म्यान दि म्याच घोषित भए । उक्त खेलमा पीसिपीका अर्पण अर्यालले ३ विकेट लिए ।


बुधबार नै भएको दोस्रो खेलमा सम्झना युवा कल्व अर्गली बिजयी भएको छ । प्रतियोगितामा बराङ्दी क्रिकेट क्लबलाई ४ रनको जित निकाल्दै गर्दै अर्गली दोश्रो चरणमा प्रवेश गरेको हो । सम्झना युवा क्लबले दिएको ४६ रनको लक्ष्य पछ्याउने क्रममा बराङ्दी क्रिकेट कल्ब ९.१ ओभरमा ४२ रन बनाउदा अल आउट हुन् पुग्यो । जित निकाल्ने क्रममा सम्झना युवा कल्बका सन्दीप भुसालले हट्रिक लिदै जित निकालेका हुन् ।
खेलमा हट्रिक लिएका सन्दीप भुसाल म्यान दि म्याच घोषित भए । बिसिसीका न्यौपानेले १६ रन बटुल्ने वाहेक अन्यले राम्रो प्रर्दशन गर्ने सकेनन् ।

आजै भएको तेश्रो खेलमा राम्दी क्रिकेट क्लब ६० रनले बिजयी भएको छ । पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरमा सुजन गौतमको १७ बलमा ४७ रनको बिष्फोट पारीको मद्दतले १२६ रनको विशाल योगफल तयार पारेको थियो । मदनपोखरा क्रिकेट टिमका विवेक बौडेलले २ विकेट लिएका थिए । दोश्रो इनिङ व्याटिङ गर्ने मैदानमा आएको मदनपोखरा क्रिकेट कल्ब पुरै ओभरमा ७ विकेटको क्षतिमा ६६ रन मात्र बनाउन सक्यो । राम्दीका प्रवीण पाण्डेले ३ विकेट लिए ।


१६ टीम सहभागी रहेका छन् । बिहीबार ४ वटा खेल हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले २० हजार सहित ,मेडल सिल्ड र प्रमाणपत्र तथा उपविजेताले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0