पाल्पा माघ ८-पाल्पाको रम्भा गाउँपालिका १, मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत रम्भा १ भुमरमा भएको दुर्घटनामा परि २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी श्रीराम भट्टले जानकारी दिनुभयो ।

आइतबार राती १० बजेको समयमा बुटवलबाट रम्भा १ असेर्दी घरतर्फ जाने क्रममा जिटी दुर्घटनामा परेको र जिटीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त मोटरसाइकल सडकदेखी झण्डै २ सय मिटर तल कालीगण्डकी किनारामा खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय रामपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















