दयाराज न्यौपाने पाल्पा,गाउँपालिका स्तरीय युवा तथा खेलकुद विकास समिति बगनासकालीको आयोजनामा अध्यक्ष कप पुरुष तथा महिला भलिबल खेल प्रतियोगिता बगनासकालीमा भएको छ । विजेता टिमलाई पुरस्कार वितरण गदै प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले युवाहरुको आर्कषण खेलकुद भएको बताउदै समाजले युवाहरुलाइ आसा र भरोसा गरेको बताउनु भएको छ । उहाँले खेलसँगै हरेक कामको निगरानीमा समेत ध्यान पुग्न सके राष्ट्रिय खेलाडी उत्पानसँगै विकासे काममा टेवा पुग्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बदीनाथ लम्साल,बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


माघ ५ र ६ गते भएको प्रतियोगितामा पुरुष तर्फ कोल्डाडा खेलमैदानमा भएको फाईनल खेलमा बगनासकाली ७ खानीगाउँलाई २—० को सोझो सेटमा पराजित गदै बगनासकाली ६ यम्घाले उपाधि हात पारेको हो,भने खानीछापले तेश्रो स्थान हात पारेको थियो । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने टमिलाई क्रमश २० हजार,१५ हजार र १० हजार नगद पुरस्कार मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । पुरुष तर्फ चापपानीका अजय थापा बेष्ट प्यलेयरर्स घोषित भए ।


त्यस्तै प्रतियोगितामा महिला तर्फ ग्राम्य मावि खेलमैदानमा भएको फाईनल खेलमा बगनासकाली ३ नायरनमतलेस्लाई २—० को सोझो सेटमा पराजित गदै बगनासकाली १ चितुङ्गधाराले उपाधि हात पारेको हो,भने पोखराथोकले तेश्रो स्थान हात पारेको थियो । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने टमिलाई क्रमश १५ हजार,१० हजार र ५ हजार नगद पुरस्कार मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । महिला तर्फ चितुङ्गधारा की दर्शना राना बेष्ट प्यलेयरर्स घोषित भइन् । उत्कृष्ट हुने खेलाडीहरुलाई नगद मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । गाउँपालिका स्तरीय युवा तथा खेलकुद विकास समितिका सह संयोजक डेन्जीङ रायमाझीले आगामी दिनमा थप लगानी गदै खेलकुदको विकासमा लाग्ने जानकारी दिनुभयो ।

खेलकुदको विकाससँगै बगनासकालीको पहिचान बनाउदै लैजान प्रत्येक बर्ष खेलकुद प्रतियोगिता आयोजन गर्ने प्रयास गरेको गाउँपालिका स्तरीय खेलकुद विकास समितिका संयोजक ओमप्रकाश गैरेले जानकारी दिनुभयो । पालिका स्तरीय अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगितामा पुरुष ८ र महिला ६ टिम सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0