।
पाल्पा नारायणडाँडा क्रिकेट (एनसीसी) कप २०८० प्रथम संस्करणको उपाधि एमआइ बी तानसेनले हात पारेको छ ।
बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा भएको फाइनल खेलमा आयोजक नारायणडाँडा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गदै एमआइ बी ले उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको नारायणडाँडा क्रिकेट क्लबले १४.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ७३ रनको मध्यम स्कोर बनाएको थियो ।

उस्कालागि विक्रम घिमिरेले १५बलमा २३ रन र सागर बस्यालले २० रन बनाए पनि अन्य व्याटस् म्यानले रन जोड्न नसक्दा मध्यम स्कोरमा रोकिन पुगेको हो । लागि एमआइ वि का लागि प्रकाश बरालले ४ बिस्वास श्रेष्ठले ३, हिल्सन् पाण्डे क्षेत्री,सागर लामिछाने र आशिस थारुले समान १—१ विकेट लिदै आयोजक टिमलाई मध्यम रनको स्कोरमा रोक्न सफल भए । ७४ रनको मध्यम लक्ष्य पछाएको एमआइ बी ले ९.५ ओभरमा ३ विकेट गुमाउदै सहज जित निकाल्यो । उस्कालागि हिल्सन पाण्डे क्षेत्रीले २४ बलमा ४३ रनको रनको बिस्फोटक पारि खेल्दै सहज जित निकालेको हो । नारायणडाँडा क्रिकेट क्लबका लागि शिव बस्यालले २ र बिक्रम घिमिरेले १ विकेट लिए ।

उक्त खेलमा २४ बलमा ४३ रनको रनको बिस्फोटक पारि सहित १ विकेट लिएका हिल्सन पाण्डे क्षेत्री म्यान दि म्याच घोषित भए । भने प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका हिल्सन पाण्डे क्षेत्री बेष्ट ब्याड्स म्यान समेत बने । एमआइ बीका आशिष थारुले म्यान अफ द सिरिज हात पारे उनले लोकल कुखराको भाले,मेडल र प्रमाण पत्र हात पारे भने बेष्ट बोलरको उपाधि नारायणडाँडा क्रिकेट क्लबका विक्रम घिमिरेले हात पारे । उनले प्रतियोगिता भर १२ विकेट हात पारेका थिए । उपाधि विजेतालाई पुरस्कार वितरण गदै प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले खेल प्रतियोगिताले खेलाडीको उत्पादन र विकासमा टेवा पुग्ने बताउनु भएको छ । उहाँले क्लबहरुले सञ्चालन गरेका हरेक प्रतियोगिता सहयोगि भएको बताउनु भएको हो ।
खेलकुद बिकास समिति मार्फत हुने हरेक सहयोग गर्ने आफु र संस्था तयार रहेको समेत प्रतिवद्धता जनाउनु भएको थियो । पुरस्कार वितरण समारोहमा जिल्ला खेलकुद मञ्चका सदस्य दयाराज न्याौपाने,समाजसेवि ज्योतिलाल बस्याल क्लवका सचिव पवन बस्याल लगाएतले विजयी खेलाडीलाइ बधाइ ज्ञापन गदै खेलाडी उत्पाद संगै खेल मैदानको समेत स्तरोन्नतिमा सम्पूर्णलाई ध्यान दिन आग्रह गर्नु भएको थियो । प्रतियोगिताको बिजेताले २० हजार सहित सिल्ड तथा मेडल हात पारे भने उपबिजेताले १० हजारसहित मेडल प्राप्त ग¥यो । यस्तै प्रतियोगिता भर उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।-

खेल संयोजक नवराज बस्यालले प्रतियोगित सफलतापूर्वक सम्पन भएको उल्लेख गदै आगामी दिनमा समेत थप उत्साहका साथ आयोजना गर्ने योजना रहेको बताउनु भएको छ । खेलकुद प्रतियोगिता सम्पन गर्ने सहयोग गर्ने दाताहरुलगाएतलाई प्रंशसा पत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षतामा चलेको थियो । १६ टिम सहभागि रहेको खेल माघ ३ देखी ७ गते सम्म चलेको थियो ।





















