दयाराज न्यौपाने
पाल्पाको बगनासकाली गाउँपालिकामा पालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शुभारम्भ गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै प्रमुख खनालले बिधागत रुपमा खेलाडी उत्पादन गर्ने दरीलो आधारको रुपमा रहेको रनिङ शिल्ड प्रतियोगिताले खेलाडीको पहिचानमा टेवा पुग्ने विस्वास व्यक्त गर्नुभएको छ । उहाँले बिद्यालय तहमा हुने खेलकुदले अध्ययन संगै बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन उत्प्रेरण प्रदानगर्ने समेत बताउनु भएको थियो । बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले खेलाडी उत्पादन र सहयोगमा स्थानीय सरकार सदैव तयार रहेको उल्लेख गर्नु भएको थियो ।

बगनासकाली १ चिलाङ्गदी खेल मैदानमा सञ्चालन भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गाउँपालिकाका विद्यालयहरूले भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट,ज्यवलीङ्गथोरो लगायतका खेलहरुमा सहभागिता जनाइरहेका छन् । पालिकाभरीका १० वटा माध्यमिक विद्यालयका ३ सय जना विद्यार्थी खेलाडीहरुले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका सदस्य सचिव दयाराज कडेलले जानकारी दिनुभयो । प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकहरु राखिएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले बगनासकाली गाउँपालिकाको प्रतिनिधितत्व गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् ।
पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल,प्रवक्त टीकाबहादुर थापा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।यस्तै वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यता रहेको थियो ।
खेलमा रेफ्री देवबहादुर गाहा, दिपक चौहान नुरराज गैरे,कृष्ण नेपाल,धनबहादुर गैरे रहनु भएको छ ।उद्घाटन समारोहमा स्काउट लगायत सहभागि बिद्यालयका बिद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । पहिलो दिन भएका खेलमा सिद्धी मावि ,वेद मावि,दर्लममावि, बिष्णु मावि,बिजयी भएकोभएका छन्, भने ज्याबलीङ्ग थोरोलगाएत खेल भए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकको स्वागत मन्तव्य,शिक्षा शाखा प्रमुख गुनाराम खनालको सञ्चालन तथा युवा तथा खेलकुद विकास समितिका संयोजक ओमप्रकाश गैरेको अध्यक्षतामा उद्घाटन समारोह चलेको थियो ।
प्रतियोगिताका विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ गते समापन हुने छ ।





















