दयाराज न्यौपाने

पाल्पा -राम माध्यमिक विद्यालय बगनासकाली ४ मलेङ्को ६८ औँ वार्षिकोत्सव समारोहको अवसरमा बिद्यालयले आयोजना गरेको अन्तर माध्यमिक बिद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि कृष्ण मा वि रम्भा ३ झेस्काङले जितेको छ ।
राम मावि खेलमैदानमा भएको फाईनल खेलमा २५ –२३ ,२७– २५ को सोझो को सेटमा आयोजक राम मा वि राम्दी मलेङ पाल्पा लाइ पराजित गदै कृष्ण मा वि रम्भा ३ झेस्काङले जितेको हो ।भने सिद्धि मा वि तेश्रो र गुंगा मावि शान्त्वना भए ।


विजेता टिमलाई पुरस्कार वितरण गदै प्रमुख अतिथी वडाध्यक्ष जीतबहादुर कनौजेले युवाहरुको आर्कषण खेलकुद भएको बताउदै खेलकुदको विकासमा वडा सदैव लाग्ने प्रतिवद्धता जनाउनु भएको थियो । पुरस्कार वितरण समारोहमा प्रथम हुने टिमलाई नगद ७ हजार रुपैयाँ प्रमाण पत्र र ट्रफी तथा द्धितिय हुने टिमलाई नगद ५ हजार रुपैयाँ,मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै तेश्रो हुनेलाई नगद ३ हजार रुपैयाँ,मेडल, प्रमाण पत्र प्रदान गरिएको छ । शान्तवना हुनेलाई नगद १५ सय रुपैयाँ,मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो । खेलकुदको विकाससँगै बगनासकालीको पहिचान बनाउदै लैजान खेलकुद प्रतियोगिता आयोजन गरेको बिद्यालयका अध्यक्ष राजेन्द्रप्रकाश श्रेष्ठ बताउनु भयो । राम मा वि लाई भलिबल खेलको हब बनाउने दीर्घकालीन उदेश्यका साथ प्रतियोगिता पहिलो पटक आयोजना गरिएको शिक्षक ओमप्काश न्यौपानेले जानकारी दिनु भयो । प्रतियोतिा सफल बनाउन भूपु विद्यार्थी समाज तथा लगाएतको आर्थिक सहयोग रहेको थियो । अन्तर माध्यमिक विद्यालय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति पाल्पाकाअध्यक्ष दिपक घिमिरेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0