बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत विद्यालयका ३२ जना शिक्षकहरूका लागि बगनासकाली –२ पोखराथोकको ज्ञानज्योति सामुदायिक विधालयमा दुई दिन एक रातको तालिम सम्पन्न भएको हो ।


समारोहका प्रमुख अतिथि स्काउट लुम्बिनी प्रदेश आयुक्त दिनानाथ भट्टराईले उमेर समुहका बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागि गराउने मुल उदेश्य रहेको बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेश मै बगनासकाली गाउँपालिकाले गरेको पहल अनुकरणीय रहेको बताउनु भयो । समारोहमा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष तथा प्रमुख स्काउटर हरिप्रसाद पाठकले हरेक विधालयमा स्काउट लाई विस्तार गर्दै जाने गरि योजना रहेको बताउनु भएको छ उहाँले नेपाल स्काउट लाई प्राथमिकतामा राखेरअघि बढ्ने समेत प्रतिवद्द्ता गर्नु भएको थियो । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले स्काउटिङ कार्यक्रम मार्फत पालिकालाइ नमूना बनाउन पालिकाको सहयोग रहने बताउनु भएको छ ।उहाँले शैक्षिक गतिविधि सहित अतिरिक्त क्रियाकलापमा स्काउटको महत्त्वपूर्ण भुमिका हुने समेत बताउनु भएको थियो ।


बगनासकाली गाउँपालिका शिक्षा शाखा प्रमुख गुनाराम खनालले स्काउटको मर्म अनुसार कार्यक्रम संचालन गर्ने उत्साहित रहेको बताउनु भएको थियो । समारोहमा नेपाल स्काउट केन्द्रीय परिषद सदस्य जीवन आचार्य, युवा परिषदका केन्द्रीय अध्यक्ष पुकार ढकाल,स्काउट कोर्षका कोर्ष लिडर सत्य साही लगाएतले कार्यक्रम प्रभावकारी रुपमा सुरु भएको र यसको निरन्तरताका लागि सबै क्षेत्रको महत्त्वपूर्ण भुमिका हुने बताउनु भएको छ ।
बगनासकाली स्थानीय स्काउट समितिका आयुक्त दयाराज न्यौपानेले पुनर्ताजगी तालिमले दक्ष प्रशिक्षक उत्पादनमा टेवा पुगेको बताउदै यो तालिम संचालन भएकालाइ थप हैसला भएको र बाकी रहेका विधालयहरुमा यसै आर्थिक वर्ष भित्रमा स्काउट ट्रुप संचालन गर्ने योजना रहेको बताउनु भएको छ ।
तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यस्का फाइदा ,क्याम्प फायरको महत्व ,गाठो डोरि ,सामाजिक परोपकारका काममा ,प्राथमिक उपचार , लगायतका जीवन उपयोगी सिप सिकाइएको थियो । तालिमको सहजीकरण कोर्ष लिडर सत्य साही, काउन्सिलर ,नेत्र गैरे,रमेश गैरे, र आशा गाहा लगाएतले सहजीकरण गर्नु भएको थियो ।
समापन समारोह ज्ञानज्योति सामुदायिक विधालयमा प्रधानाध्यापक बालकृष्ण गैरेको स्वागत मन्तव्य र स्थानीय स्काउट समितिका सदस्य ओमप्रकाश न्यौपानेको सञ्चालनमा चलेको हो ।
समारोहमा वडा अध्यक्षहरु तथा कार्य पालिका सदस्यहरु शिक्षक,कर्मचारी स्थानीय लगाएतको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0