फागुन ÷ दैलातुङ्ग आधारभूत विद्यालय बगनासकाली ७ खानीगाउँको ४५ औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खरालले शिक्षाको बिकास सबै क्षेत्रको भुमिका आवस्यकता भएको बताउनु भएको छ । वार्षिकोत्सब कार्यक्रमा विद्यालयको वार्षीक प्रतिवेदन प्रस्तुत गदै विद्यालयका प्रधानाध्यापक बबिता पौडेल ४८ लाख तिस हजार रुपैयाको आय व्याय विवरण प्रस्तुत गदै २० बटा अक्षयकोष स्थापना मार्फत २ लाख रुपैया स्थापना भएको जानकारी गराउनु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि वडा नम्बर ७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले शिक्षाको बिकासमा वडा कार्यालय निरन्तर लाग्ने बताउनु भएको थियो । समारोहमा अन्जना शर्मा, गिरीबहादुर सारु, तिलबहादुर राना, खुमबहादुर रेश्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयको वार्षीक परिक्षामा प्रथम,द्धितीय,र तेश्रो हुने बिद्यार्थीहरु तथा जेहनदार बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो भने विधालयलाई सहयोग गरेका पुर्व प्रधानाध्याप केशवराज खराल, शिक्षक मधुसुदन भण्डारी र पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादु थापालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।समारोह शिक्षक हरिप्रसाद गैरै स्वागत मन्तव्य सिताराम पाण्डेको संचालन र दैलातुङ्ग आधारधुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमुर्ति खरालको अध्यक्षतामा समारोह चलेको थियो ।





















