फागुन ÷ राम माध्यमिक विद्यालय बगनासकाली ४ राम्दी मलेङगको ६८ औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुबेदीले राम माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान महत्वपुर्ण रहेको बताउदै आफ्नो ठाउँबाट सबैले कमृ गरे शिक्षाको गुणस्तर वृद्धी हुने विस्वास व्यक्त गर्नु भएको थियो । वार्षिकोत्सब कार्यक्रमा बिद्यालयको वार्षीक प्रतिवेदन प्रस्तुत गदै विद्यालयका प्रधानाध्यापक डोलराज बस्यालले १ करोड ३२ लाख रुपैयाको आय व्याय विवरण प्रस्तुत गदै ८७ बटा अक्षयकोष स्थापना मार्फत १० लाख रुपैया स्थापना भएको जानकारी गराउनु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि सामाजिक श्रोत विकास केन्द्र नेपाल कचमअल का कार्यकारी निर्देशक चोपलाल गिरीले विद्यालयको शैक्षिक विकासमा निरन्तर लागेको उल्लेख गर्नु भएको थियो । समारोहमा वडा सचिव माधव भण्डारी,रवि किरण मा.विका शिक्षक गोकुल अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयको वार्षीक परिक्षामा प्रथम,द्धितीय,र तेश्रो हुने बिद्यार्थीहरु तथा जेहनदारबिद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो । साथै अक्षयकोष मार्फत प्राप्त हुने रकम बाट ३२ जना विद्यार्थीहरुलाइ नगद पुरस्कार समेत प्रदान गरिएको थियो । सोही अवसरमा गतवर्ष कक्षा १२ मा जिल्ला प्रथम हुने विपिना न्यौपाने,पालिका स्तरीय परिक्षामा प्रथम हुने सचिन न्यौपाने र शौरभ भट्टराइलाई सम्मान पत्रले सम्मान गरिएको थियो । भने विधालयलाई सहयोग गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।समारोहमा शिक्षक अम्बिका पोखरेलको स्वागत मन्तव्य शिक्षक ओमप्रकाश न्यौपाने, विद्यार्थीहरु धनबहादुर सारु,अन्जली गैरे र गरिमा न्यौपानेले कार्यक्रम संचालन गर्नुभएको थियो भने राम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा समारोह चलेको थियो ।





















