बगनासकाली भित्र रहेका विधालयहरुका प्रधानाध्यापकहरुका लागि १ दिने स्काउट अभिमुखिकरण कार्यक्रम बगनासकालीमा सम्पन्न भएको छ ।

कार्यक्रममा स्काउट लुम्बिनी प्रदेश आयुक्त दिनानाथ भट्टराईले विधालयमा गठन भएका ट्रुपको संचालन, गठन नभएका विधालयमा गठन गर्ने प्रक्रिया, गठन प्रक्रियामा प्रधानाध्यापकाहरको भुमिका लगाएतका विषयमा सहजीकरण गर्नु भएको हो ।
शिक्षा शाखा प्रमुख गुनाराम खनालले शैक्षिक क्यालेन्डरमा नै स्काउट कार्यक्रमलाई समेटेर जाने गरि तयारी गरेको जानकारी गराउनु भएको हो ।गुंगा माध्यमिक विधालयका प्रधानाध्यापक जनार्दन अधिकारी, दर्लमडाडाका प्र अ डिल्लीराज गैरे,बालकृष्ण गैरे लगायतले स्काउट गतिविधिलाई सम्पूर्ण विधालयले नै लागू गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा स्थानीय स्काउट समितिका आयुक्त दयाराज न्यौपानेले स्काउटको काम पालिकाको सम्पुर्ण विधालयमा काम देखिने गरि गर्ने प्रधानाध्यापकहरु भुमिका अत्यन्त महत्त्वपूर्ण रह्ने बताउनु भयो । उहाँँले स्काउट गतिबिधिले बिद्यार्थीहरको क्षमतामा समेत वृद्धिहुने बताउनु भउको थियो ।
अभिमुखिकरण कार्यक्रममा २० विधालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संञ्चालन स्थानीय स्काउट समितिका सदस्य ओमप्रकाश न्यौपानेले गर्नुभएको थियो ।





















