नेपाल रेडक्रस साेसाइटीकाे एउटा अभिन्न अंगकाे रुपमा रहेकाे युवा तथा जुनियर रेडक्रस सर्कलकाे अाजैका दिन वि.सं. २०२२ फाल्गुण २२ गते स्थापना भएकाे अवसरमा जलवायु परिवर्तनका असरहरुकाे न्युनिकरणामा युवा तथा जुनियर रेडक्रस सर्कलकाे भुमिका विषयमा पाल्पामा श्रीनगर युवा रेडक्रस सर्कलले माध्यमिक तह जिल्ला स्तरिय चित्रकला प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

प्रतियाेगितामा सहभागी २२ विद्यालय मध्ये प्रथम स्थान सेन्ट कपिटानियाे स्कुल का विद्यार्थी स्मन सारु ले हासिल गरेका छन् । दृत्तिय स्थान रिभर भ्याली इङ्लिस वाेर्डिङ स्कुल का विद्यार्थी लुजा श्रेष्ठले हासिल गरेकि छन् भने तृतिय स्थानमा जनता माध्यमिक विद्यालयकी छात्रा संयुक्ता थापाले हासिल गरेकी छन् ।

समुदायमा अाधारित श्रीनगर युवा रेडक्रस सर्कलले समय समय मा विभिन्न रचनात्मक कार्यक्रम गर्दै अइरहेकाे छ । विद्यालय स्तरिय प्रतियाेगिताहरुले विद्यार्थीकाे प्रतिभा प्रस्फुटन साथै यसले विद्यार्थीहरुलाइ थप उत्प्रेरित गर्ने र श्रीनगर युवा रेडक्रस सर्कल विद्यालयमा रहेका युवा तथा जुनियर रेडक्रस सर्कलकाे विकासमा अनवरत लागिरहेकाे जनकारी युवा रेडक्रस सर्कलका उपाध्यक्ष ड्राेनाचार्य भुषालले गराए ।

प्रतियाेगिता मा पाल्पाका विभिन्न विद्यालयका विद्यार्थीहरुले निश्चित मापदण्डमा रहि चित्र बनाएर पठएका थिए भने चित्रकला सम्बन्धी विज्ञ तथा रेडक्रस जिल्ला शाखाका पदाधिकारी सहितकाे निर्णायक समितीले जुनियर तथा युवा रेडक्रस दिवसकाे दिन नतिजा सामाजिक संजाल बाट दिइएकाे र पुरस्कार वितरण कार्यक्रम विजेता विद्यालयलाइ गराएरछिट्टै गरिने जानकारी सर्कलका सचिब निरज पाण्डेले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0