दयाराज न्यौपाने
बगनासकालीका विधालय र स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ ।
बगनासकालीका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल सहितको टोलिले बगनासकाली चापपानी स्वास्थ्य चौकी,दर्लमडाडा स्वास्थ्य चौकी,सरस्वती आधारभुत विधालय, दलर्मडाडा माध्यमिक विधालय र राम माध्यमिक विधालय राम्दीको परिक्षा सहित प्रशासनीक कामको निरीक्षक तथा अनुगमन गर्नु भएको हो ।

बगनासकालीको शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको प्रभावकारी अनुगमन गर्ने कार्यक्रम अनुसार अनुगमन गरिएको शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनु भयो सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरे अनुसार काम गरिएको उहाँले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले सेवा प्रदायक संघ संस्थाले तोकिएको जिम्मेवारी पूरा गर्ने आवस्यक निर्देशन गरेको बताउनु भएको छ उहाँले चापपानी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स सेवालाइ तत्काल सुचारु गर्ने आवस्यक पहल र समन्वय गरेको बताउनु भएको थियो ।

बगनासकाली गाउँपालिकाका बाल संरक्षण अधिकारी नारायण तिमिल्सिनाले बाल मैत्री कार्यक्रम सहित रियलप्लानको परीक्षा समेत निरीक्षण गरिएको बताउनु भयो ।





















