दयाराज न्यौपाने
पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा बगनासकालीमा सोमबार किटजन्य रोग नियन्त्रण सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

पाल्पाका केहि ठाउँमा समेत कालाजार,डेंगी स्क्रब टाइफस लगायतका रोगको लक्षण भएका बिरामी भेटिएपछि स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाइ अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष गणबहादुर बुढाथोकीले नेपाल सरकारले लिएको स्वास्थ्य अभियान सफल बनाउन सबै क्षेत्रको भुमिका अहम हुने बताउनु भएको छ ।उहाँले स्वास्थ्य समस्या देखिएको ठाउँमा सचेतना मुलक कार्यक्रमको थालनी गर्नुपर्ने बताउनु भएको छ । पालिका स्तरबाटै सरसफाइलाई विशेष ध्यानमा राखेर स्वास्थ्य मापदण्ड बनाइ लागू गर्नुपर्ने बताउनु भएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरिले लक्षण देखिएका पाल्पाका पाँच ठाउँमा यस्तो खालको सहजीकरण गर्ने योजना रहेको बताउनु भएको छ । उहाँलेडेंगु,कालाजार लगायतका रोगबाट बच्न सबैले वातावरणीय सरसफाई सहितमा ध्यान दिुनुपर्नेमा जोड दिनुभयो । बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीले बगनासकालीमा २ जनामा कालाजार रोगको लक्षण भेटिएको बताउनुभयो । कार्यक्रममा बगनासकाली स्वास्थ्य शाखा उपप्रमुख नोदप्रसाद बस्याल,खानीगाउ स्वास्थ्य चौकीका प्रमुख जिवलाल बस्याल लगायतले किटजन्य रोगको कारण धेरैलाई स्वास्थ्य समस्या उत्पादन भएको बताउदै सानो सानो कुरामा समेत सावधानी अपनाउन आग्रह गर्नुभएको थियो ।
डेंगी,कालाजार, औलो,चिकनगुनिया लगायत किटजन्य रोगको कारण, नियन्त्रणको उपाय र सावधानीका बारेमा जनस्वास्थ अधिकृत माहालक्ष्मी डुंगाना र ल्यावटेक्निसियन अधिकृत मधु भट्टराईले सहजीकरण गर्नु भएको थियो ।





















