पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय बैठक दमकडामा सम्पन भएको छ । महासंघको संघीय कार्यसमितिको तेश्रो बैठकले १८ बुदे घोषणा पत्र जारी गदै विदेशी काठ आयातलाई तत्काल रोकी स्वदेशी काठको उत्पादन र उपभोग बढाउने नीति कार्यान्वयन गर्ने सरकारसंग माग गरेको छ ।

बिदेशी काठ आयतलाइ प्रोत्साहन गर्ने तर स्वदेशका आफ्ना खेतबारीका समेत काठहरु जनताले प्रयोग गर्न नपाउँदा उपभोक्तामा निराशा भएको र वनको हेरचाहमा समेत कमि आएकोले सरकारले तत्काल विदेशी काठ आयात रोकी स्वदेशी उत्पादन उपभोगबढाउनु पर्नेमा जोड दिएको हो। केन्द्रीय बैठकले समुदायलाई अपनत्व रोजगारी आय आर्जन हुने गहरी वन ऐन नियम कानुन बनाउन सरकारसँग माग गरेको छ । संविधान र संघीय कानुन विपरीत हुनेगरी प्रदेश सरकारहरले उपभोक्ता समूहमा लगाउँदै आएको गैरकानुनी कर हटाउन बैठकले माग गरेको छ। प्रदेश सरकारले उपभोक्ता समूहबाट गैरकानुनी रूपमा संकलन गर्दै आएको शुल्क संकलनमा रोक लगाउने गहरी सर्वोच्च अदालतबाट अन्तरिम आदेश कार्यान्वयन गर्न प्रदेशहरूलाई पत्राचार गरे पनि कार्यान्वयन भएकोले तात्काल कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ। सरकारका वार्षिक नीति तथा कार्यक्रममा क्षमताविकासका कार्यक्रम, सुरक्षाका साधन स्रोत, इन्सुरेना, अग्नी रेखा निर्माण, जनचेतना, राहद, उचित क्षतिपूर्तिका लागि बजेट विनियोजन गर्नसमेत बैठकले आग्रह गरेको छ ।

वनलाई डढेलोबाट जोगाई वायु प्रदूषण (आगलागीबाट हुने जनधनको क्षतिलाई कम गर्नका लागि आम उपभोक्तालगायत सबै सरोकारवाला समक्ष महासंघले आहवान गरेको छ । बैठकले पान कर व्यवस्थापनको राष्ट्रिय मापदण्डसहितको कार्यविधि तत्काल लागू गर्नसमेत माग गरेको छ । सामुदायिक तहबाट हस्तक्षपकारी भूमिका देखिएकामा महासंगको ध्यानाकर्षण भएको छ । सामुदायिक वनले सन्चालन गर्दै आएका पर्यापर्यटन कार्यक्रमहरु निजी क्षेत्रलाई सुम्पिने गरी स्थानीय तहबाट प्रकाशन गरिएका सम्पूर्ण बोलपत्र आह्वान तत्काल रद्द गर्न महागले आह गरेको छ । वन नियमावली २०७९ मा गरिएका विभिन्न व्यवस्थाहरु संघीय वर देर २०७९ र प्रदेशका वन ऐन, नियमावली र आर्थिक ऐनसंग बाझिएका र नियमावलीमा गरिएका कैयौं व्यवस्था वन अभियानलाई अवरोध गर्ने किसिमका आएकामा ऐन, नियम तत्काल संशोधन गर्न महासंघले माग गरेको छ ।

बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तत्काल खारेज गरी समुदाय मैत्री ऐन बनाउन र मध्यवर्ती सामुदायिक वनहरुलाई सामुदायिक वनमा स्थान्तरण गर्न माग गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय बैठक सम्पन १८ बुदे घोषडापत्र पत्रकार सम्मेलनमा जानकारीगराइएको थियो । जारी कार्यक्रममा साुमदायिक वन महासंघ केन्द्रिय समितिका अध्यक्ष ठाकुरप्रसाद भण्डारले वनको सहि व्यवस्थापनलाई घोषणा पत्रमा उल्लेख भएका कुराहरुको लागु गर्ने दवाव सिर्जना गर्ने बताउनु भएको थियो । पत्रकार भेटघाट कार्यक्रममा ,भगवान भण्डारी,कृष्ण कार्की,कृष्ण पोखरेल,लगाएत सहभागिहरुले सामुदायिक वनको अवधारणा पाल्पाको मदनपोखरा बाट सुरु भएको, सामुदायिक वनलाई आम्दानीको श्रोतको रुपमा उपयोग गर्नुपर्ने, यसको कानुनी समस्याहरु, समाधानका उपायहरु, यसलाई सरकारले हेर्ने दृष्टिकोण, वनमा हुने काठको सदुपयोग गर्न फुकाउनुपर्ने कानुनलगाएतका विषयमा चर्चा गरेका थिए । पत्रकार सम्मेलन पार्वता गौतमको संचालनमा चलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0