दयाराज न्यौपाने
बगनासकाली गाउँपालिकाले दलित घरपरिवारलाई बाख्रा बितरण गरेको छ । गाउँपालिकाका ९ वटै वडाका २० दलित घरपरिवारलाइ १–१ वटा बाख्रा वितरण गरिएको हो ।


बगनासकाली गाउँपालिकाका ९ वटै वडाका दलित परिवार मध्ये सम्पुर्ण वडाका प्रतिनिधि रुपमा छनौट गरेर वितरण गरिएको दलित समन्वय समिति बगनासकालीका संयोजक तेजप्रसाद रसाइलीले जानकारी दिनु भयो । बाख्रा प्रदान गदै गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले पालिकाले विपन्न दलित समुदायको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा वितरण गरेको बताउनु भयो ।खानिछापको बाख्रापालन समुहमार्फत बाख्रा खरिद गरेर सदस्यहरुलाई वितरण गरिएको गाउँ पालिका स्तरीय दलित समन्वय समितिकी सह संयोजक सीता विकले बताउनु भयो । आर्थिक वर्ष ८०÷८१ लक्षित वर्ग कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रुपैयाँबाट बाख्रा वितरण गरिए हो । बगनासकाली बाख्रा पालनका लागि उपयुक्त पनि रहेको पशुसेवा शाखा प्रमुख गणेश नेपाली बताउनु भयो ।


वितरण कार्यक्रममा बगनासकाली गाउँपालिका वडा नम्बर १ वडाध्यक्ष शेरबहादुर चिदी,कार्यपालिका सदस्य बोललाल सुनार, गणेश नेपाली, तिल बहादुर नेपाली लगाएतले बाख्रा पालन मार्फत आम्दानीको दरिलो श्रोत बनाउन सकिने भएकोले व्यवसायिक बनाउन पहल गर्नु पर्ने धारण व्यक्त गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0