गोपाल प्रसाद वश्याल
तानसेन, पाल्पास्थित मोहनकन्यामाध्यमिकविद्यालयमाकिशोरीहरूकालागि ५० दिने आत्मरक्षातालिमआज सम्पन्नभएको छ । विद्यालयकाकक्षा ८ देखि १२ सम्म अध्ययनरत जम्मा ३५ जना छात्राहरूले हरेक दिन बिहानतालिम पूरा गरेका छन् ।

सामाजिकविकास डिभिजन कार्यालय पाल्पाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित आत्मरक्षा तालिममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक वीरबहादुर कुमालले किशोरीमाथि हुने बलात्कार, लाठीले टाउकोमा हान्ने, पछाडिबाट हान्ने, कम्मर अँठ्याउने, चुल्ठोमा लुछ्ने लगायतका शारीििरक हिंसाको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्ने सिपको अभ्यास गराएकाथिए ।यसका साथै छात्राहरूलाई कराँतेका केहीसिपहरू पनि सिकाइएको थियो ।
तालिम समापनका अवसरमा आयोजित कार्यक्रममाबोल्दै प्रमुख अतिथि शिक्षाविकास तथा समन्वय इकाइ पाल्पाका प्रकुख महेन्द्र सुवेदीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त सिपका आधारमा किशोरीहरूले आत्मरक्षाका साथै शारीरिक तन्दुस्ती, स्वास्थ्य स्फूर्ती प्राप्त गरेका र राष्ट्रिय स्तरमा समेत यीआत्मरक्षाकार्य सिप र खेलको माध्यमबाट आफ्नो ब्यक्तित्वविकास गर्न सक्ने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक दिपकप्रसाद ज्ञवालीले प्रदेश सरकारले छात्राहरू लक्षित यस कार्यक्रमबाट छात्राहरूमा आत्मरक्षा सिपविकास भएको बताउनु भयो । कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक एवम् प्रशिक्षक धनपति गैरेले यस तालिमबाट आफूमाथिहुने हिंसात्मक आक्रमणबाट बच्नकालागि किशोरीहरू सक्षमभएको बताउनु भयो ।तालिममा सहभागीकक्षा ११ का छात्रा प्रकृतिथापाले आफूहरूमाथिहुने शारीरिक आक्रमणको प्रतिकार गरी आक्रमणकारीलाई परास्त गर्न प्रशस्त सिप विकास गर्न सकेको बताउनु भयो । उहाँले तालिमकाक्रममा गरिएको अभ्यासबाट आफ्नो रक्षाकालागिप्रतिकार गर्ने आत्मविश्वास बढेको, अनुशासन, आत्मसम्मान जस्ता सिपको विकास भएको बताउनु भयो ।
डिभिजन कार्यालयका प्रमुख मित्रप्रसाद गौतमले यो पहिलो चरणको कार्यक्रमबाट आधारभूत सिपप्रदान गरिएका ेबताउँदै सबैलाई बधाई ज्ञापन गर्नु भयो । कार्यक्रम डिभिजन कार्यालयका दल बहादुर रास्कोटीले सञ्चालन गर्नु भएको थियो ।





















