दयाराज न्यौपाने
विद्यालय शिक्षा सुधारको लागि शैक्षिक अन्तरक्रिया कार्यक्रम बगनासकाली गाउँपालिकामा सम्पन भएको छ ।बगनासकाली गाउँपालिकाका ९ वटै वडाका ३० सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा शिक्षा शाखा प्रमुख गुनाराम खनालले गाउँ पालिकाको शिक्षाको अवस्था र सम्भावना र चुनौति सहितको प्रतिवेदन प्रस्तुत गदै गाउँपालिकामा शिक्षाको सुधारमा सबैले चिन्तन गर्नेबेला आएको बताउनु भएको थियो । उक्त उक्त कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले विकासको पक्ष भौतिक विकास र मानव विकास भएकोले भौतिक विकास भन्दा पनि मानव विकास अझ महत्वपूर्ण भएकाले पालिकाले मानव विकासलाई अझ बढी जोड दिनुपर्ने बताउनु भयो । उहाँले मानव विकास भयो भने भौतिक विकास स्वतः हुने र भौतिक विकासबाट पनि मानव विकासमा टेवा पुग्ने भएकाले यी दुवै विकासलाई सन्तुलित गरेमा समृद्धिको सपना साकार पार्न सकिने बिचार व्यक्त गर्नु भयो । सहि व्यवस्थापन हुने हो भने शिक्षा सुधार सहजै गर्ने सकिने बताउनुभयो ।


बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्नु भएको छ । गाउँपालिकाले सुझाव संकल्न गरि योजना निमार्णमा लाग्ने बताउनु भएको हो । अध्यक्ष चिदीले रकम अभावले कतिपय योजना पुरा हुन नसकेको बताउनु भएको हो । उहाँले आगामी दिनमा शिक्षा नीति बनाउने तयारी समेत रहेको बताउनु भयो ।


शिक्षा विद् बालकृण्ण गैरेले मानिसको चेतना देखि बानी व्यवहारसम्ममा प्रभाव पार्ने भएकाले शिक्षा सिकाइ निरन्तर प्रक्रिया हो यो निरन्तरत प्रक्रिया भएकोले समय सापेक्ष शिक्षक परिवर्तन हुनु पर्ने कुरामा जोड दिनुभएको थियो । नयाँ शैक्षिकसत्रमा कसरी विद्यालयलाइ सुधार गर्ने सकिन्छ भन्ने मुल उदेश्यले समग्र शैक्षिक गुणस्तर कायम गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बाल संरक्षण अधिकारी नारायण तिमिल्सेनाले बताउनुभयो ।


कार्यक्रमका गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जनप्रतिनिधिहरुको कार्यकाल केही समयको मात्र भएपनि शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल जीवनपर्यन्त भएको बताउनु भएको छ । उहाँले शिक्षाको मुल सुधारमा सबैपक्षलाग्न आग्रह समेत गर्नुभयो ।
आगामी दिनमा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह र सुझावको लागि अनुरोध गर्दै थप प्रभावकारी बनाउन पहल गरेको प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका ढकेश्वर बस्याल,नेपाली काग्रेसका माधव नेपाल,नेकपा माओवादी केन्द्रका खुमबहादुर बिक,मोहन थापा,टीकबहादुर थापा,दयाराज कंडेल,टुनवीर रेश्मी,डोलराज बस्याल,डिल्लीराज गैरे, पुस्पादेवी थापा,गोपीकृष्ण देवकोटा,चोपलाल गिरी,नेत्र गैरे, लगाएतले पहुना शिक्षक,आवासीय शिक्षा,मन्टेश्वरी शिक्षा लागु गर्ने, शिक्षक बैंकको थालनी,सिक्दै कमाउदै अभियान,वडा शिक्षा समितिको निमार्ण लगाएत शैक्षिक सुधारका लागि सुझावहरु समेत दिनुभएको थियो ।उक्त कार्यक्रमको सहजीकरण शिक्षाविद्ध बालकृष्ण गैरेले गर्नुभएको थियो । सोही अवसरमा गत वर्ष उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षकलाई  सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0