
दयाराज न्यौपाने
नेकपा एमाले बगनासकाली गाउँ कमिटी अधिवेशन यहीँ १७ देखि शुरु हुँदैछ ।
धेरै पटक अधिबेशन तोकिने र सर्न गरेको भएपनि यो पटकमा चैतमा १७ गतेकालागी दोश्रो अधिबेसन तोकिएको हो । अधिवेशनले एमाले गाउँ कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सहमतीमै पार्टी नेतृत्व चयन गरिने बताइरहेका छन् । तर पालिका अधिवेशन शुरु हुन केही दिन अगावै अध्यक्षका लागि धेरैको नाम चर्चामा आएको छ ।एमालेको बिधान अनुसार पालिका उपाध्यक्ष रहेका हालका अध्यक्ष हरिप्रसाद पाठक अध्यक्ष रहन नमिल्ने भएपछि अध्यक्ष पदका लागि आकाङ्क्षी बढेको बताइएको छ । अध्यक्षमा ५ बढिको नाम आएको छ ।

अध्यक्षका बलिया दाबेदार हुन युवा नेता डेन्जिङ रायमाझी उहाँ अखिल हुँदै स्ववियु सदस्य सहित हाल युवा संघको प्रदेश कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँले भन्नु भयो अव युवाले नेतृत्व गर्नु पर्छ भन्ने लागेको छ । त्यस्तै अध्यक्ष कै दाबेदारीका रुपमा चर्चामा रहनु भएका कमलराज तिमिल्सिना प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज समेत हुनुहुन्छ । पार्टीमा लामो समय देखि अबिचलित रहदै आउनु भएका उहाँको पनि बाहिरी सतहमा चर्चा चलेको छ त्यस्तै लामो समय निजामतीमा रहेर सामाजिक काम गर्दै आउनु भएका खानिछापका कुलप्रसाद अर्याल पनि पाका र अटल नेताका रुपमा परिचय बनाउनु भएको छ । त्यस्तै दर्लमडाडाका जन प्रतिनिधि प्रकाश न्यौपाने पनि अध्यक्षको बलियो दाबेदार हुनुहुन्छ उहाँले भन्नू भयो अब पार्टीलाई जनता संग जोड्न पनि आफू उम्मेद्बारी दिने बताउनु भयो । त्यस्तै चर्चामा रहेको नाम हो भगवान भण्डारी उहाँ लामो समय देखि सामाजिक र पत्रकारिताको माध्यम बाट समाजसेवामा लाग्नु भएको छ ।उहाँलाई अध्यक्षको रुपमा देख्न चाहनेहरुको सख्या पनि बाक्लो छ तर कमिटीमा आफू जाने सम्भावना कम रहेको बताउनु भयो । त्यस्तै यम्घाका ढकेश्वर बस्यालको पनि चर्चा छ । आर्यभञ्याङका बलबहादुर गाहाँको पनि चर्चा छ । भने गाउँपालिका कमिटी हालकी उप सचिव रहनुभएकी पोखराथोककि जनप्रतिनिधि गीता रेग्मीको पनि उत्तिकै चर्चा रहेको छ ।
नेकपा बनेको बेला समेत पार्टीको अध्यक्ष रहनुभएका हरिप्रसाद पाठकले सहमति मै जाने आफुलाइ बिश्वास रहेको बताउनु भयो । प्रदेश सदस्य टीकाबहादुर थापाले अब नेतृत्व युवामा जानू पर्ने बताउनु भएको छ ।उहाँले पार्टी बाट जन प्रतिनिधि भएको उल्लेख गर्दै सबैले यसलाइ महसुस गर्नु पर्ने बताउनु भयो ।





















