दयाराज न्यौपाने
पाल्पा चैत १८ ÷जिल्ला हुलाक कार्यालय पाल्पाको आयोजनामा नागरिक सँग हुलाक सेवा अन्तर्गत स्थानीय तह एवं सरोकारवालाहरु संग सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण गर्दै जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टंक प्रसाद भण्डारीले असार देखि फागुन मसान्तसम्म भएको कारोकार सम्बन्धी विवरण प्रस्तुत गदै चिठी,रजिष्ट्री,पुलीन्दा,पत्रिका,बुकपोष्ट,इएमएस १४ हजार २ सय ७ वटा बस्तुहरु कारोबार गरेको बताउनु भयो उहाँले सबै भन्दा धेरैपत्रिका र विदेशबाट आएको ंसंख्या २६६ वटा रहेको जानकारी दिनुभयो । सरकारले सुशानका सय कामका समेत समावेस गरि हुलाकलाई प्राथमीकतामा राखेको समेत बताउनु भएको थियो ।

जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख अर्जुन चौधरीले नागरिकहरूलाई प्रत्यक्ष रूपमा हुलाक सेवाको जानकारी दिने उद्देश्यले प्रचार–प्रसार कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँले समयानुसार हुलाको विकास गर्नु पर्ने बताउदै सोही अनुसार कामको सुरुवात भएको बताउनुभयो ।


कार्यक्रममा हुलाक सेवाका परम्परागत प्रणालीलाई आधुनिक प्रविधिसँग कसरी जोड्ने, हुलाक वस्तुहरूलाई सहज रूपमा सेवा प्रवाह गर्ने उपायहरू, हुलाक सेवामा नागरिकको विश्वास अभिवृद्धि गर्ने उपायहरू, र “घर–घरमा हुलाक सेवा” को पहिचान कसरी गराउने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपलिकाका अध्यक्ष सरस्वती चिदीले हुलाक सेवालाई सशक्त, भरपर्दो र जनमैत्री बनाउन समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको थियो । गाउँपािलकाका प्रवक्रा टीका बहादुर थापाले हुलाक सेवालाइ जनताको सेवा संग जोड्नु पर्ने बताउदै स्मार्ट सेवामा लैजान सरकारले थालनी गर्नुपर्नेमा जोडदिनुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, बगनासकाली गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,वडाध्यक्षयहरु,कार्यपालिका सदस्यहरु,कार्यालय अन्तर्गतका विभिन्न हुलाक कार्यालयहरूका प्रमुख, प्रतिनिधि, पत्रवितरक, डाँक कर्मचारीहरू,पत्रकार,नागरिक समाजका प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको अत्तिरिक्त हुलाक कार्यालय चितुङ्धाराका प्रमुख दिपक ढुङ्गानाको स्वागत मन्तव्य र सूचना अधिकारी टंकप्रसाद भण्डारीको सञ्चालन तथा जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख अर्जुन चौधरीको अध्ययक्षता कार्यक्रम चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0