दयाराज न्यौपाने
जय नारायण ( यज्ञमुर्ति )घिमिरे हिले प्रभुको नामले परिचित गायत्री बिधाका सिद्ध उपासक तपस्वी समेत रहनु भएका हिले प्रभुको४१ औ पुण्यतिथिको अवसरमा सत्यवती १ अस्लेवा, गुल्मीमा रहेको दिब्य धाममा भजन कीर्तन सहित पूजा आरधना सम्पन गरिएको छ ।

जय नारायण (हिले प्रभु)को जन्म १९६४ मा असार ३गते पाल्पा बराङ्दीमा भएको थियो । हिलेप्रभुले कालीगंगाको किनार राम्दीमा केही समय,सेतीबेणीमा गई केहिदिन एकान्त स्थलको खोजी गर्ने क्रममा गुल्मीको हिले पुग्नु भएको त्यहाँ ३० बर्ष सम्म गायत्री साधना गरि पादी र ठुला बगरमा समेत तपस्या गरि बिताउनु भएको थियो । शिद्ध पुरुषको आशीर्वाद खोजीमा हिडेका राजा वीरेन्द्रले हिलेमा पुगी बाबाको को दर्शन मा बिजयीको आशीर्वाद पाएको र राजाले नतिजा पनी सोही प्रकारको पाएको उल्लेख गरिएको छ । सोही बेला देखी शिद्ध पुरुषको रुपमा परिचित हुनु भएको हो ।
लामो समय सम्म पनि पटक पटक दरबार देखी सबै सदस्य आवत जावत गरि प्रमुको दर्शन गर्ने गरेको समेत उल्लेख गरिएको छ । पूर्व सांसद तथा धार्मिक अभियान्ता शंकर प्रसाद पाण्डेले आफु प्रभको सेवकका रुपमा समेत रहेर बसेको अनुभव सुनाउनु भएको थियो । उहाँले हरेक मानिसमा एकले अर्कालाइ भद्र नीतिले हेर्न र सकारात्मक सोच बनाउन आग्रह समेत गर्नु भएको थियो । उहाँले मन्दिर निमार्ण संगै त्यसमा गुरुकुल,नियमीत पुजा लगाएतका पाचँकुरालाई पुरागराउन सके मात्र धार्मीक अभियान सफल हुने बताउनु भएको छ । सत्यवती गाउँपालिकाका पुर्व अध्यक्ष पारिश्वर ढकाल,वडाध्यक्ष अर्जुन कनौजे,बासुदेव पाण्डे,नामदेव पाण्डेलगाएतले तपस्वी प्रभुको चर्चा गर्नु भएको थियो ।

धामका अध्यक्ष डिल्लीराज पाण्डेले प्रभुको महिमा अपार रहेको बताउदै पादी,हिले र ठुलाबगरमा वषौ देखि नियमित रुपमा पूजा हुँदै आएको बताउनु भएको छ । प्रभुका परिवार मध्यका सदस्य टंकनाथ घिमिरेले उहाँको जन्मस्थाल बराङ्दीमा हिले प्रभु धामको निमार्ण गर्ने तयारी गरेको समेत बताउनु भएको छ ।
बराङ्दीका कालिदाश घिमिरेले प्रभुको महिमालाइ जगाउदै उहाँकै नाममा धाम बनाउने अभियानको रुपमा लागेको बताउनु भयो ।४१ औ पुण्यतिथिको अवसरमा हिले प्रभुको जन्मस्थल बराङ्दी देखि ठुला बगर दिब्य धाम सम्म बराङ्दीबाट तिर्थयात्रीहरु भजन कीर्तन सहित धार्मीक यात्रा समेत गर्नु भएको थियो ।





















