प्रेस चौतारीको उत्सव यात्रा
दयाराज न्यौपाने प्रेस चौतारी नेपाल पाल्पा शाखाले फागु पूर्णिका दिन उत्सव यात्रा गरि पर्व मनाएको छ । पाल्पा फागु खेलकालागि परिचति जिल्ला समेत हो ।

तानसेनको चौतारी कार्यालय देखि दरबार परिषर सम्म मोलीक भाकाका गीत गाउदै उत्सव यात्रा मनाएको हो । चौतारीको वार्षिक कार्यक्रम अनुसार पर्व,दिवस मनाउने निर्णय अनुसार फागु अर्थात होली पर्व मनाइएको चौतारीका अध्यक्ष कृष्ण कार्कीले बताउनु भयो । सधै अरुका समाचार लेख्न व्यस्थ रहने पत्रकाररु सस्थागत रुपमै होली खेल्ने निर्णय अनुसार नै खेलको पत्रकार कृष्ण पोखरेलले बताउनु भयो । परम्परा र सस्कृति जर्गेना गर्ने हाम्रो पनी दायीत्व हो फागु खेल्दै गर्नुभएकी पे्रस चौतारी नेपाल तानसेन नगर कमिटीकि अध्यक्ष गुणवति केसीले बताउनु भयो । पाल्पाका विभिन्न स्थानमा ऐतिहासिक परम्पराअनुसार फागु पर्व मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0