पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको टोलीले ३ दिने अध्ययन अवलोकन भ्रमणका सम्पन गरेको छ । महासंघको केन्द्रीय स्थापना दिवसका अवसरमा पाल्पामा रहेर पत्रकारिता गदै आउनु भएका ३२ जनाको टोलीले अध्ययन भ्रमण गर्नु भएको हो ।

महासंघको टोली रुरुक्षेत्र, बाग्लुङ, कुस्मा हुँदै पोखरा,सिरुबारी पुगेको हो । टोलीले केन्द्रीय स्थापना दिवसको अवसरमा पर्यटकीय क्षेत्रको भ्रमण गरेको हो । पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्षहरु झपेन्द्र गहिरे, गोविन्द भट्टराई, भगवान भण्डारी,पाल्पा शाखा अध्यक्ष रेखिराम राना लगाएतले पाल्पाली पत्रकारिता क्षेत्रले पाल्पाको विकासमा महत्वपुर्ण योगदान गरेको स्मरण गदै यो भ्रमणले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

टोलिले निर्माणधिन कालीगण्डकी करिडोर, बाग्लुङ कालिका मन्दिर, कुस्माको पर्यटकिय क्षेत्र,स्याङ्जामा रहेको एसीयाकै पहिलो सिरुबारी घरबास (होमस्टे)को अध्ययन अवलोकन गरेको छ । टोलीले पोखरामा रहेका पाल्पा पोखरा सेवा समाज संग अनुभव आदानप्रदान तथा पाल्पाको पर्यटन विकासका बारेमा छलफल समेत गरेका छन् ।

३२ जना पत्रकारहरुलाई पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र मानव अधिकार,सामाजिक सञ्जाल र संचार माध्यम,व्यवसायीक भर्सेस नागरिक पत्रकारिता लगायतका बिषयमा सहजीकरण गर्नु भएको पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ती तिमिल्सेनाले जानकारी दिनुभयो ।

पुनर्ताजगी तालिम तथा अध्ययन अवलोकन भ्रमणका लागि तानसेन नगरपालिकाले आर्थिक सहयोग गरेको छ । पाल्पाका पर्यटकीय क्षेत्रको विकासका लागि अध्ययन अवलोकन भ्रमण पलदायी भएको भ्रमण व्यवस्थापन टोलीका सदस्य कृष्ण कार्कीले बताउनुभयो ।





















