दयाराज न्यौपाने

पाल्पा बगनासकाली गाउँपालिकाले आयोजना गरेको नसर्ने रोग तथा मानसिक रोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन भएको छ । बगनासकाली गाउँपालिकाले आयोजना गरेको मानसिक तथा नसर्ने रोग कार्यशाला गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा रोगीको सख्या बढेको उल्लेख गरिएको छ ।अहिले नसर्ने रोगका कारण अधिकांश मानिस प्रताडित बन्नु परेकोले नसर्ने रोग सम्बन्धी उपचार तथा जनचेतनामा मद्दत पु¥याउने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनिराम अधिकारीले बताउनु भयो उहाँले आव ७८–७९ देखि हालसम्मको अवस्था हेर्दा बढ्दो रहेको बताउनु भयो ।


पछिल्लो समय बदलिदो जीवनशैली, अस्वस्थकर खाना, सुर्तीजन्य र मदिराजन्यको सेवनले नसर्ने रोगको जोखिम वढिरहेकोले त्यसको नियन्त्रणका लागि सवैले ध्यान दिन आवश्यक रहेकोले स्वास्थ्यकर्मीहरुका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरिले बताउनु भयो । ‘नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । प्रमुख गिरिले भन्नु भयो अहिले नेपालमा उच्च रक्तचाप, दम, मधुमेह, मृगौला रोग, क्यान्सर, स्पाइनल इन्जुरी र हेड इन्जुरी रोग सहित ट्राफिक इन्जुरी समेत बढेको लगायतका रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो ।’ कतिपय रोग बंशाणुगत रुपमा पनि लाग्ने गरेको उहाँको भनाई थियो ।

युनाइटेड मिसन अस्पताल पाल्पाका प्रमुख डा रचेल कारखले अत्याधिक धूम्रपान, मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व भएको उल्लेख गदै जीवन शेली आफैले बदल्नु पर्ने उहाँको भनाइ थियो । लुम्बिनी मेडिकल कलेज पाल्पाका नर्सिङ शाखा प्रमुख शिखा पहारीले मानसिक रोग बढ्नु समाजका लागि राम्रो संकेत नभएको उल्लेख गदै समस्या पहिचान गरि उपचारमा ध्यान दिनेहो भने ठुलो समस्या नहुने बताउनु भयो ।


बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिका भित्र नसर्न रोग बढेको पाइएकोले रोकथाममा समेत लाग्न नीतिगत रुपमै लागेको बताउनु भयो । उहाँले मेरो स्वास्थ्य म स्वस्थ मेरो गाउँ स्वस्थ अभियान सुरु गर्ने तयारी गरेके समेत बताउनु भयो । बगनासकाली गाउँपालिकाका प्रमुअ प्रशासकीय अधिकृत बद्रिनाथ लम्साले रहेक नागरिक स्वस्थ हुन सके मात्र समाजको विकासमा टेवा पुग्ने बताउदै पालिकाले कोख देखी शोक सम्म बगनासकाली सरकारले तय गरेकोनारालाइ सार्थक बनाउन निरन्तर लागि परेको बताउनु भयो ।


कार्यशाला गोष्ठीमा स्वास्थ्य कार्यालय पाल्पाका तथ्यांक अधिकृत टिकाराम पोखरेल,प्रवक्ता टीकाबहादुर थापा, वडाध्यक्ष ठानेश्वर तिमिल्सिना,पत्रकार दयाराज न्यौपाने, सालिकराम पहारी,पुरबहादुर सारु,बोमलाल सुनारलगाएतले सुझाव समेत दिनुभएको थियो । कार्यशाला गोष्ठीमा स्वास्थ्यकर्मी,नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधी,कर्मचारी,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0