दयाराज न्यौपाने
पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ३ वडा कार्यालयको आर्थिक सहयोग र युवा समन्वय समिति बगनासकाली ३ नारयनमतलेसको आयोजनामा २ दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले युवाहरुमा कानुनी ज्ञानको आवश्यकता रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले पनि युवाहरुलाई आवश्यक ज्ञान सीपको बृद्धि गराउँदै अगाडि बढाउने योजना अनुरुप कार्यक्रम गर्दै आएको र वडा स्तरबाट पनि लक्षित वर्ग अन्र्तगत यु्वाका लागि महत्वपूर्ण कार्यक्रम संचालन हुँदै आएको बताउनुभयो । उहाँले युवाको जायज माग आवस्यकता पुरा गर्ने गाउँपालिकाले पालिका स्तरमै युवा समन्वय समिति मार्फत काम गरेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष एवम् बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले यसप्रकारको तालिमबाट युवाहरुले कानुनी साक्षरता लिने भएकोले पनि वडाले बिशेष महत्व दिएर बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले युवापुस्तामा कानुनी, सामाजिक, राजनीतिक, साँस्कृतिक विषयमा पनि जानकारी आवश्यक रहेको बताउनुभयो ।
उहाँले वडाले आगामी दिनमा पनि युवाहरुको नेतृत्व विकासका लागि बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै जाने बताउनुभयो ।
युवा समन्वय समिति नायरनमतलेसका संयोजक डेन्जिङ् रायमाझीले युवाहरुको क्षमता बढाउन तालिम प्रवाभकारी भएको बताउनु भएको छ । उहाँले युवा शक्तिलाइ देश मै केही गर्ने पर्छ भन्ने भावनाको विकास गराउन आफु निन्तर लागेको बताउनु भएको छ। सहभागीको तर्फबाट बोल्दै सावित्रा कवरले सिकेको सिप प्रयोगमा ल्याउने बताउनु भयो ।

तालिमको पहिलो दिन पत्रकार तथा मानवअधिकारकर्मी यज्ञमूर्ति तिमिल्सिनाले मानवअधिकार विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै पत्रकार दयाराज न्यौपानेले युवा र नेतृत्व विकास विषयमा र आर्यभञ्ज्याङ् प्रहरी चौकी प्रमुख हरिप्रसाद अर्यालले समुदायमा हुने घटनाहरुको न्यूनीकरणमा युवाहरुको भूमिका बिषयमा सहजीकरण गर्नुभएको थियो । तालिमको दोस्रो दिन अधिवक्ता शान्ति बस्याल र पत्रकार देव पचभैयाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम रुविना गाहाँको सञ्चालनमा चलेको हो ।





















