दयाराज न्यौपाने
पाल्पा । युवा क्षमता तथा नेतृत्व विकास तालिम बराङ्दीमा सम्पन भएको छ । बगनासकाली गाउँपालिका वडा नं. ८ वडा कार्यालयको आर्थिक सहयोग र युवा तथा खेलकुद विकास समिति समन्वय समिति बराङ्दीको आयोजनामा उक्त तालिम सम्पन भएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै बगनासकाली गाउँपालिका वडा नं ८ का अध्यक्ष मोतिलाल बस्यालले युवाहरुमा नेतृत्व विकास हुने कुरा महत्वपूर्ण भएको बताउनु भएको छ । उहाँले युवा शक्तिलाइ विकासको नेतृत्व समेत लिन आग्रह गर्नुभएको थियो ।युवा तथा खेलकुद विकास समितिका अध्यक्ष हरि बस्यालका युवाको बजेटबाट युवा मैत्री कार्यक्रम गरेको उल्लेख गदै आगामी दिनमा समेत थप व्यवस्थित कार्यक्रम चलाउन उत्प्रेरण मिलेको बताउनु भयो । समापन समारोहमा श्रीधर न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

२६ जना युवाहरु सहभागि रहेको तालिममा युवा नेतृत्व,मानवअधिकार,उद्घोषण कला लगायतका विषयमा पत्रकार तथा मानवअधिकारकर्मी यज्ञमूर्ति तिमिल्सिना र पत्रकार दयाराज न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रम बसन्त बस्यालको सञ्चालनमा चलेको थियो ।





















