देशभरका स्थानीय तहमा जस्तै पाल्पामा पनि व्यक्तिगत घट्ना दर्ता सप्ताह शुरु भएको छ । शनिबारदेखि व्यक्तिगत घटनासम्बन्धी सचेतना सप्ताह सुरु भएको हो ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सन् २०२४ को अन्त्य सम्ममा सत प्रतिशत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छद) गराउने लक्ष्य राखेको छ ।सवैलाई सबैखाले घटना दर्ता समयमै गराउन आग्रह गरेको छ ।


बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार घट्ना दर्ता सप्ताहको सन्दर्भ पारेर बगनासकाली गाउँपालिकाले आइतबारबाट सवै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उहाँका अनुसार राज्यले प्रदान गर्ने सेवा सुविधा विस्तार, नीति निर्माणका साथै दोहोरो पनलाई हटाउन पनि घटना दर्ता आवश्यक रहेको छ । आइतबार वडा नं. ३ मा अध्यक्ष चिदीले सचेतनामूलक सप्ताहको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले व्यक्तिगत घटना दर्ता व्यक्ति र राज्यको लागि महत्त्वपूर्ण कार्य भएको जनाउँदै आफुले चाहेको बेला मात्र व्यक्तिगत घटना दर्ता गर्ने अवस्था विद्यमान रहेकोले यो समयमै घटना दर्ता गराउने सन्देश समुदायमा प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले घटना दर्ता हेर्दा सरल देखिएपनि यसका नीतिगत कठिनाइका कारण केही समस्याहरू अझै कायम रहेकोले त्यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले घट्ना दर्ता, सामाजिक सुरक्षा र राष्ट्रिय परिचय पत्र सम्बन्धी वृहत अभिमुखीकरण कार्यक्रम आयोजना गरी सहजीकरण गर्न लागेको समेत जानकारी दिनुभयो ।
वडा नं. ३ का वडाअध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटनाहरू घटना घटेको ३५ दिनभित्र आ–आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरी कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन गाउँ कार्यपालिकाको निर्णय अनुसार कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले व्यक्तिगत घटना दर्तामा पालिकाको अवस्था, नीतिगत व्यवस्था, समस्या लगायतका विषयमा जानकारी गराउनुभएको थियो । पञ्जिकरण फिल्ड सहायक प्रेमबहादुर बगालेका अनुसार गाउँपालिकाले बैशाख ७ गतेसम्म सवै वडामा सचेतनामूलक कार्यक्रम गर्न लागेको बताउनुभयो ।
यसैबीच व्यक्तिका व्यक्तिगत घटनाहरू तोकिएको समय अर्थात् घटना घटेको ३५ दिनभित्र अनिवार्य रूपमा दर्ता गराउनुपर्दछ भन्ने सन्देश आम नागरिकमा पु¥याउन जिल्लाका सवै स्थानीय तहले सप्ताह मनाउन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0