दयाराज न्यौपाने
पाल्पा – माथागढी गाउँपालिकाले आफूले प्रवाह गरेको सेवा तथा कामको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले आव २०८०÷८१को दोश्रो चौमासीक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले यो चालु आवको कार्यक्रम तथा प्रगतिका बारेमा जानकारी दिनुभएको थियो । घिमिरेले हरेक चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम अन्र्तगत सार्वजनिक सुनुवाई गरेको बताउनुभयो । उहाँले यो अवधिमा एक सय पचास योजनाहरु सम्पन भएको बताउदै करिव ४६ प्रतिशत प्रगति हासिल गरेको बाकी काम समेत दु्रत गतिमा भएको बताउनु भयो । उहाँले वडागतरुपमा समेत वडा नं ३ ले ४५ वटा योजना मध्य ३२ वटा योजना सम्पन गरेर सबै भन्दा धेरै योजना फ्छ्योट गरेको समेत प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो । बताउनु भयो । कार्यक्रममा सहभागीहरू नारायणप्रसाद अधिकारी, बीरबहादुर सुनार,दामोदर घर्ती,बीरबहादु बाह्रघरे,युवराज गाहाँ,राजु ज्ञवाली योजनामा अन्डरस्टीमेट भएको,खानी प्रभाव क्षेत्रको अवस्था सुधारका बिषय,युवा पलायन रोक्न कीन सकिएन् लगाएतका प्रश्न,सुझाव राख्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सचिव मधु पराजुली, नेकपा एमाले माथागढीका इन्चार्ज सन्तोष भट्टराई,नेकपा माओबादी केन्द्रका प्रदेश परिषद सदस्य हरीबहादुर चौहानलगायतले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा उठेका सवालहरूको जवाफ माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, इन्जिनियर धर्मेन्द्र यादव,लेखा शाखा प्रमुख सन्तोष दाहाल, लगायत बिभिन्न शाखाका प्रमुखहरुलले दिनुभएको थियो । कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै पालिकाका अध्यक्ष यमबहादुर चिदीले नागरिकको चाहना बमोजिम काम गर्न पालिका तयार रहेको बताउनुभयो । उहाँले पालिकाले समृदीको बाटोमा निरन्तर लागेको बताउनु भयो । गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेले नागरिकले अपेक्षा गरेका काममा पालिका निरन्तर लागेको बताउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम पत्रकार दयाराज न्यौपानेले सहजीकरण गर्नुभएको थियो । उहाँले पालिकाले गरेका सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नागरिकबाट प्राप्त सूचकांक समेत प्रस्तुत गरिएको थियो ।





















