दयाराज न्यौपाने
पाल्पाको बगनासकाली गाउँपालिकाले नयाँ वर्ष २०८१ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले नयाँ वर्ष सबैकालागी उत्साह र सफलताको वर्षको रुपमा परिचित बन्नेछ भन्ने शुभकामना प्रदान गर्नु भएको थियो । उहाँले राम्रो कामको अनुसरण गर्दै नयाँ वर्षमा थप प्रगतिको कामना समेत गर्नु भएको थियो ।


शुभ कामना आदानप्रदान कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले नयाँ वर्षले सबैमा शुख शान्ति र प्रगति गर्ने सार्थक हुने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले नयाँ वर्ष बितेका वर्ष भन्दा थप हौसला थपिएर आउने बिश्वास व्यक्त गर्नु भयो । गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा,वडाध्यक्षहरु लगाएत, गाउँपालिकाको शिक्षा, स्वास्थ्य लगाएतका बिषयगत शाखा प्रमुख लगाएतले गाउँपालिकालाई उत्कृष्ट बनाउन नयाँ वर्ष २०८१ ले सबै जना लाग्न प्रेरणा मिल्ने बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु लगायतले शुभकामना आदानप्रदान  गदै आ आफनो धारण राख्नु भएको थियो । कार्यक्रममा पालिकाका कर्मचारीहरुको सहितको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0