नेपालका चर्चित संगीतकार तथा सशस्त्र प्रहरीका डिएसपी गैरे सुरेशलाई पितृशोक परेको छ ।
गैरे सुरेशका पिता रविलाल गैरेको ७३ बर्षको उमेरमा निधन भएको छ । फोक्सो र घांटीमा समस्या भएका गैरे केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । काठमाडौंको एक अस्पतालमा निधन भएका गैरेको पशुपती आर्यघाटमा नेपाली परम्परा अनुसार अन्त्यष्ठी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

रविलाल गैरे पाल्पा जिल्लाको तानसेन नगरपालिकाकाको तेल्घा निवासी हुनुहुन्थ्यो ।स्वर्गीय गैरेका श्रीमती दुई छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















