दयाराज न्यौपाने
नेकपा एमाले बगनासकाली ८ बराङ्दीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले जिवकला बस्यालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटीको गठन गरेको हो । जसको उपाध्यक्ष नमकला घिमिरे सचिव लक्ष्मणप्रसाद घिमिरे, उपसचिव दोय जगन्नाथ बस्याल र बिष्णुप्रसाद घिमिरे रहनु भएको छ ।

अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य टीकाबहादुर थापाले एमाले जनताको पार्टी भएको

उल्लेख गर्दै एमालेको नीति अनुरुप नै काम भएको बताउनु भएको छ । उहाँले जनताको काममा एमालेका सदस्यहरु एकताका साथ काम गर्ने आग्रह समेत गर्नु भएको थियो ।उहाँले जनप्रतिनिधि र पार्टी कमिटीको एकमत हुँदै काम गरेको उल्लेख गर्दै जस्ता सुकै गठबन्धन गरेपनी एमाले एक्लै बलियो रहेको समेत दाबी गर्नु भएको थियो ।
कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सचिव तथा संगठन बिभागका प्रमुख रामजी पोखरेले एमालेको जिल्ला अधिवेशनको तयारी अनुरुप बैशाख १५ गते भित्रमा सबैपालिका र वडाका अधिवेशन सम्पन्न गर्ने कार्ययोजना अनुरुप काम भएको बताउदै नवीकरणको काम समेत अघिबढेको उहाँले बताउनु भयो । हाल सम्म ६७ वडा र ४ पालिकाकमिटीको अधिवेशन सम्पन्न भएको समेत बताउनु भयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय पुर्व अध्यक्ष गणेशप्रसाद बस्यालले मुलुकको प्रगति राजनीति रुपमा देखिएको समस्यालाई समाधान तर्फ लाग्नु आजको आवस्यकता रहेको बताउनु भयो ।

नेकपा एमाले जिल्ला सदस्य तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नेता कार्यकर्ताको एकता बलियो बनाउदै विकासको काममा निरन्तर लाग्ने बताउनु भयो । कार्यक्रममा जिल्ला सदस्य तथा गाउँ पालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, नेकपा एमाले बगनासकाली गाउँ कमिटीका अध्यक्ष डेन्जिङ्ग रायमाझी, वडा इन्चार्ज बामदेब बस्याल,मोतीलाल बस्याल,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिना, उमकला अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । अधिवेशन सचिव लक्ष्मणप्रसाद घिमिरेको संचालन तथा वडा कमिटी अध्यक्ष बिमला बस्यालको अध्यक्षतामा दोश्रो अधिवेशन सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0