दयाराज न्यौपाने
अस्ट्रेलियामा बस्ने नेपालीहरुले संकलन गरेको रकम महामृत्युजय शिवासन धाम बराङ्दीमा हस्तान्त्रण गरिएको छ । अस्ट्रेलियामा बसोबास गर्नु भएका विभिन्न व्यक्तिहरूबाट संकलित रकम ५८ हजार ३ सय ५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त रकम शरला बस्यालले मन्दीरका अध्यक्ष केशव रायमाझीलाई हस्तान्तरण गर्नुभयो मन्दीरका अध्यक्ष केशव रायमाझीले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले मन्दीर संरक्षणका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएकोमा सबैलाई आभार र धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो प्राप्त सहयोग मन्दिरको हितमा खर्च हुने छ ।
विदेश बस्दा नेपालको ठाउँमा भएका विकास सहित धार्मिक विकासमा समेत केही टेवा पुग्ने बिश्वासका साथ अस्ट्रेलियामा बस्ने १८ जना व्यक्तिले थोरै भएपनी रकम संकलन गरेको बराङ्दी धारापानीकी शरला बस्यालले बताउनु भयो । उहाँले आफु आफ्नो क्षेत्रमा भएका काममा सहयोग जुटाउदै जाने र अरु साथीहरूले पनि थप संकलन गरी पठाउँदै जाने बस्यालले भन्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा मन्दिरका पुजारी आचार्य लोकेन्द्रराज रेग्मीले यस मन्दिरमा दैनीक रुपमा पूजा नित्य कर्म र शिवरात्री लगाएतका विभिन्न समयमा बिशेष पूजा आरधना हुने गरेको बताउनु भयो । यो मन्दिर बिश्व कै बिराट स्वरुप रहेको छ । मन्दिर निमार्णको चरणमा रहेको छ ।
हस्तान्त्रण कार्यक्रममा बगनासकाली गाउँपालिका ८ का वडाध्यक्ष मोतिलाल बस्यालले धार्मिक पर्यटनको राम्रो संम्भावना भएको यस क्षेत्रको सहयोगका लागि एक इटा थप गरेकोमा खुशी व्यक्त गर्नु भयो । अस्ट्रेलिया बाट रकम पठाउनेहरूमा शरिता बस्याल,हरीकाशी गुरुङ,तुल्सा पाण्डेय,अशोक घिमिरे,सरोज श्रेष्ठ,सेर्जल कार्की,राज कुमारी पण्डीत, निमा केसी,निर्दाेश गीरी,प्रसिल खड्का,सरोज बस्नेत,देवी गुरुङ,सहरा कंडेल,राधिका भट्टराई,सलोचना पन्थ,शरला बस्याल,शिरा पोखरेल,कालावति आचार्य रहनुभएको छ ।





















