दयाराज न्यौपाने
बगनासकाली गाउँपालिकाको आयोजनामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले किशोर किशोरीहरुको सम्पूर्ण बिकास क्रम पुरा नहुदै र उमेर नपुग्दै बच्चा जन्माउने गरेको पाइएकोले जनचेतना फैलाउन तथा उचित व्यवस्थापन गराउन कार्यक्रमको मुल उद्ेश्य रहेको बताउनु भयो । उहाँले भयावह अवस्था घट्दै गएको तर बगनासकालीमा उमेर नपुग्दै बिवाहा र बच्चा जन्माउने गरेको पाइएको छ । यसको न्यूनिकरणमा सबेको चासो आवस्यक रहेको समेत बताउनु भएको छ ।
किशोर किशोरी मैत्री सूचना केन्द्र स्थापना, विधालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाइ निरन्तरता दिन गृहकार्य भैरहेको प्रवक्ता टीकाबहादुर थापाले बताउनु भयो ।


कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी संगीता थापा, बगनासकाली बाल संजालका अध्यक्ष सचिन न्यौपाने लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम किशोरावस्थाको वृद्धि र विकास, किशोरावस्थामा सामान्य स्वास्थ्य समस्याहरू, किशोरावस्थाको पोषण, बृहत यौनिकता शिक्षाका पक्षहरु, प्रजनन स्वास्थका ९ पक्ष किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा निर्देशिका २०७९ तथा मनोवृत्तिलगायतका विविध विषयमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रवन्धक शोवाकान्त न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्यकर्मीहरु,किशोर किशोरी र पत्रकारहरको सहभागितामा किशोर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0