दयाराज न्यौपाने
नारायण प्राथमिक विधालय बगनासकाली ३ नायरनमतलेस पाल्पाको ५५औं वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।


सभामा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक सुमिरपुकार बस्नेतले १–५ अध्यान हुने विधालयमा २८ जना विधार्थीरहेको बताउनु भएको छ । उहाँले यो आर्थिक वर्षमा २४ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद ठाकुर गैरेले सभाको उदघाट्न गर्दै विधालयमा विधार्थी दरमा कमि आएको उल्लेख गर्दै यसको गरिमा जोगाइराख्न स्थानीयहरु महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ । उहाँले विधालयलाइ सहयोग गर्ने प्रतिवद्ता समेत राख्नु भएको थियो ।
कार्यक्रममा बगनासकाली गाउँ पालिकाका प्रवक्ता टीकाबहादुर थापाले बगनासकाली गाउँपालिकाले सरकारी सेवा सुबिधा लिएका सम्पुर्णले सामुदायिक विधालयमा पढाउने निर्णय कार्यान्वयन गराउन लागि परेको बताउनु भएको छ । उहाँले अब आनाकानी नचल्ने बताउनु भएको हो । उहाँले समुदायलाई आग्रह गर्दै विधालय जोगाउन समुदायको भुमिका अहम हुने समेत बताउनु भयो ।


कार्यक्रममा युवा नेता डेन्जिङ रायमाझी, कार्यपालिका सदस्य बसन्ती थापा,वडा सदस्य युवराज श्रेष्ठ,स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपाने,शिक्षक अभिभावक संघ अध्यक्ष इमिसरा पाण्डेलगाएतको सहभागीता रहेको थियो । वार्षिक परीक्षामा प्रथम दोस्रो र तेस्रो तथा विभिन्न खेल विधामा बिजेता खेलाडीहरुलाइ पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको बिच बिचमा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो
समारोह शिक्षिका शारदा राना को संचालन र व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0