दयाराज न्यौपाने
बगनासकाली ३ नायरनमतलेसमा रहेको नारायण प्राथमिक विधालयमा अध्ययन गर्ने विधार्थीहरुलाई बगनासकाली ३ का वडा सदस्य युवराज श्रेष्ठले २८ थान झोला वितरण गर्नु भएको छ ।

विधालयमा अध्ययन गर्ने २८ जना बालबालिकाहरुलाइ १ –१ थान वितरण गरिएको हो । झोला प्रदान गर्दै युवराज श्रेष्ठले आफुले हरेक वर्ष १–१ वटा विधालयमा झोला सहित शैक्षिक सामाग्री वितरण गर्ने गरेको उल्लेख गर्दै बालबालिकाहरुको अध्ययनमा टेवा पुग्नेमा विस्वास व्यक्त गर्नु भयो ।
झोला वितरण गर्दै प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले शिक्षाको विकास र बालबालिकाको सहयोगका लागि युवराज श्रेष्ठलाई बधाई दिनु भएको थियो ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले हरेक नागरिकको दायित्व भएको बताउदै आआफ्नो ठाँउबाट सहयोग गर्नु पर्ने बताउदै सहयोगका लागि सहयोगी दाता युवराज श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । विधालयका प्रधानाध्यापक सुमीर पुकार बस्नेतले विधालयलाइ माया गरेर झोला प्रदान गर्नु भएकोमा जनप्रतिनिधिलाइ आभार व्यक्त गर्नु भयो ।नारायण प्राथमिक विधालयमा १– ५ अध्यान हुँदै आएको छ ।





















